आठ वर्षको उमेरमा भूटानबाट विस्थापित शिवाकोटी अमेरिकामा उत्कृष्ट बीमा व्यवसायीका रूपमा सम्मानित

झापाको टिमाइ शरणार्थी शिविरमा दुई दशक बिताएका शिवाकोटीको संघर्षदेखि सफलतासम्मको यात्रा, व्यवसायसँगै गीत–संगीत र समाजसेवामा पनि सक्रिय – डिकेश लामा,…

नेशवील टेनेसीका भूटानी समुदायद्वारा दुई दिने कार्यक्रम २०२६ घोषणा

नेशवील, टेनेसी —टेनेसीमा बसोबास गर्दै आएका भूटानी-नेपाली समुदायको प्रतिनिधिमूलक सामाजिक संस्था ‘एसोसिएसन अफ भुटानीज इन टेनेसी’ (ABCT) ले आफ्नो बहुप्रतीक्षित…

टेनेसीका भूटानी समुदायद्वारा तीन दिने महा-कार्यक्रम २०२६ घोषणा

टेनेसीका भूटानी समुदायद्वारा तीन दिने महा–कार्यक्रम २०२६ घोषणा न्यासभिल, टेनेसी — टेनेसीमा रहेका भूटानी समुदायहरूको संस्था (एबीसीटी) ले आफ्नो वार्षिकमहा–कार्यक्रम २०२६ को मिति घोषणा गरेको छ। अक्टोबर ३०–३१ र नोभेम्बर १, २०२६ मा आयोजनाहुने यो तीन दिने उत्सवमा खेलकुद, सांस्कृतिक कार्यक्रम र उच्च विद्यालय स्नातकहरूको सम्मानसमारोह समावेश गरिनेछ। संस्थाले सम्पूर्ण समुदायका सदस्यहरू, परिवारहरू, युवाहरू, खेलाडीहरू, स्वयंसेवकहरू रसमर्थकहरूलाई कार्यक्रममा सहभागी हुन न्यानो निमन्त्रणा गरेको छ। शुक्रबार, अक्टोबर ३० — युवा अन्तर–क्याम्प फुटबल प्रतियोगिताको पहिलो चरण गरिने छ। शनिबार, अक्टोबर ३१ — कक्षा १–३ का दुई समूह (ए र बी), कक्षा ४–६ र कक्षा ७–९ का मैत्रीपूर्णफुटबल खेलहरू तथा सबै उमेर र वयस्कहरूका लागि अन्तर–क्याम्प फुटबल प्रतियोगिता हुनेछ। यस्तै सोही दिन निःशुल्क खाना वितरण गरिनेछ। आइतबार, नोभेम्बर १ — छात्रा फुटबल, छात्रा भलिबल र छात्र भलिबलका मैत्रीपूर्ण खेलहरू, १०० मिटरदौड, तीन–खुट्टे दौड र संगीत कुर्सी लगायतका रमाइला गतिविधिहरू हुनेछन् । सोही दिन कक्षा २०२६का उच्च विद्यालय स्नातकहरूलाई सम्मान गरिनेछ भने स्थानीय कलाकार तथा समुदायकाप्रतिभाहरूद्वारा सांस्कृतिक प्रस्तुतिहरू पनि देखाइनेछ। कार्यक्रमको समन्वय जितु बस्नेत र एस.वी. दुङमालीले गर्नेछन्। खेल समन्वयकमा भक्त राई, अन्तर–क्याम्प प्रतियोगिता समन्वयकमा बर्सन राई, भलिबल प्रतियोगिता समन्वयकमा बिरु राई, सांस्कृतिक समन्वयकमा बिनोद  सुब्बा र युवा तथा शिक्षा समन्वयकमा नर राई (एन.बी. खालिङ) रहेकाछन्। समग्र कार्यक्रमको सुपरिवेक्षण एबीसीटीका अध्यक्ष सुकमान सुहाङले गर्नेछन्। एबीसीटीका अध्यक्ष सुहाङले कार्यक्रम सफल बनाउन सम्पूर्ण समुदायसँग आर्थिक सहयोग, प्रायोजन, स्वयंसेवा र सहभागिताको अपिल गरेका छन्। “यस आकारको कार्यक्रम आयोजना गर्न ठूलो बजेट आवश्यक पर्छ। पर्याप्त आर्थिक सहयोग बिना यीकार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गर्न गाह्रो हुनेछ,” उनले भने। “सानो वा ठूलो — हरेक योगदानमहत्त्वपूर्ण छ र हरेक पैसाले फरक पार्छ।“ उनले सबैलाई एकजुट भएर यस वर्षको महा–कार्यक्रमलाई सम्झनायोग्य र सफल बनाउन आग्रह गरेका छन् ।

अमेरिकामा नेपाली व्यवसायीको हत्या, सुनचाँदी पसलमा गोली चल्यो

४ कात्तिक २०८३ | बुधबार, २१ अक्टोबर २०२६ अमेरिकाको ओहायो राज्यमा नेपाली मूलका व्यवसायी तारा सिन्चुरीको गोली हानी हत्या भएको छ। ओहायोको फेयरफिल्डस्थित सुनचाँदी पसलमा लुटपाटका क्रममा गोली…

बीसीसीपीएको तेस्रो मेला भव्य रूपमा सम्पन्न: नेपाली भाषा, संस्कृति र विविधताको संरक्षणमा युवाको सक्रिय सहभागिता

पेन्सिल्भेनिया, अमेरिका। अमेरिकाको पेन्सिल्भेनियामा नेपालीभाषी तथा विभिन्न सांस्कृतिक समुदायबीच आपसी सद्भाव, सांस्कृतिक विविधता र सामाजिक एकता प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना…

वरिष्ठ संगीतकार सुशीलकुमार विश्वकर्माको सांगीतिक योगदान र स्क्रान्टनमा आयोजित विशेष सम्मान

स्क्रान्टन, पेन्सिलभेनिया — नेपाली सुगम तथा लोक संगीतका विशिष्ट व्यक्तित्व, वरिष्ठ बाँसुरीवादक, संगीतकार एवं संगीत संयोजक सुशीलकुमार विश्वकर्माको सम्मानमा अमेरिकाको…

चाडपर्वको रौनकतामा नयाँ प्रयोग: रायन शर्माको शब्द र संगीतमा दशैँ-तिहार गीत

ओहायो-बडादसैँ तथा तिहारको पावन अवसरलाई लक्षित गर्दै बिल्कुलै नयाँ र पृथक् शैलीको नेपाली चाडपर्व गीत सार्वजनिक भएको छ। परम्परागत चाडपर्वको…

लभ एन्ड सपोर्ट फाउन्डेसनद्वारा आयोजित समारोहमा शम्भुजित बाँस्कोटा, पेमा लामा र आगम गुरुङ सम्मानित; ‘फर्केर हेर्दा’ पुस्तक विमोचनसँगै तीन नयाँ गीत सार्वजनिक

मिरिक, दार्जिलिङ-भारतको पश्चिम बंगालअन्तर्गत दार्जिलिङ जिल्लाको सुन्दर पर्यटकीय नगरी मिरिकमा गत २७ सेप्टेम्बर २०२६ का दिन नेपाली भाषा, साहित्य, कला…

गायक मनोज राईको प्रस्तुतिले जगायो विस्थापन र संघर्षका सम्झना

दार्जिलिङ। गीतकार आर.बी. खड्काद्वारा रचित गीतसङ्ग्रह ‘फर्केर हेर्दा’ भारतको ऐतिहासिक तथा सांस्कृतिक नगरी दार्जिलिङमा एक भव्य समारोहबीच लोकार्पण गरिएको छ।…