नेपालमा क्षेत्रीय पार्टीको भविश्य छ कि छैन ?६ प्रदेशमा राष्ट्रिय दल हावी, मधेसमा हेर्न बाँकी

काठमाडौं । धेरै मानिसहरुलाई के लागेको थियो भने नेपाल संघीयतामा गइसकेपछि अब देशमा क्षेत्रीय पार्टीहरुको दिन फिर्नेछ । र, भारतमा जस्तै विभिन्न प्रदेशको मुख्यमन्त्रीमा तिनै क्षेत्रीय पार्टीका नेताहरु हावी हुनेछन् । तर, दुईवटा स्थानीय तहका निर्वाचन सम्पन्न भइसक्दा देशभरिका विभिन्न ६ वटा प्रदेशमा क्षेत्रीय पार्टी अस्थित्...

सिंहदरबारै सुनसान पारेर १० सचिव र १५ सहसचिव विदेश शयरमा

२७ भदौ, काठमाडौं । कुनै पनि सरकारी अधिकारीहरुको विदेश भ्रमण अनुमति नदिन सरकारलाई निर्देशन दिएको निर्वाचन आयोग आफैंले दुई दर्जन उच्च अधिकारीहरुलाई एकैपटक विदेश सयरको सहमति दिएको छ । निर्वाचन आयोगका आयुक्त सुधीर शाहको सोर्स लगाएर एउटा सेमिनारमा भाग लिन एकैपटक १० जना सचिव र १५ जना सहसचिव चीन भ्रमणमा निस्किएका हुन् । एउ...

गौर नगरपालिकामा फोरम र कांग्रेसको गठबन्धन

२६ भदौ, रौतहट । स्थानीय तहको निर्वाचनका लागि रौतहटको गौर नगरपालिकामा संघीय समाजवादी फोरम नेपाल र नेपाली कांग्रेसबीच गठबन्धन भएको छ । मेयरमा फोरमलाई कांग्रेसले समर्थन गरेको छ भने उपमेयरमा फोरमले कांग्रेसलाई समर्थन गरेको छ । फोरमले मेयरमा गौरीशंकरप्रसाद यादव र उपमेयरमा कांग्रेसले वीरबहादुर साहाई उम्मेदवार बनाएको छ । ...

एमालेका २४० निर्वाचन क्षेत्रीय कमिटी भंग, यसरी बन्नेछन् नयाँ कमिटी

२६ भदौ, काठमाडौं । नेकपा एमालेले निर्वाचन क्षेत्र पुनर्निर्धारण भइसकेको अवस्थामा यसअघि कायम २४० निर्वाचन क्षेत्रीय कमिटीहरु भंग गरेको छ । सोमबार बसेको स्थायी कमिटी बैठकले प्रतिनिधिसभा अब १६५ सदस्यीय भएकाले पुरानो संरचना भंग गरेको हो । अब प्रतिनिधिसभाका लागि एउटामात्र निर्वाचन क्षेत्र रहेका ३५ ओटा हिमाली र पहाडी जिल्...

नवलपरासी जाँदै गरेको बस धादिङमा दुर्घटना, १ काे मृत्यु, ३ गम्भीर

२७ भदौ, काठमाडौं । काठमाडौँबाट नवलपरासीको त्रिवेणी जाँदै गरेको यात्रुबाहक बस आज बिहान धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित विशालटारमा दुर्घटना हुँदा १ जनाकाे ज्यान गएकाे छ भने ३० जना घाइते भएका छन् । दुर्घटनामा परी गम्भीर घाइते भएका १ जनाको ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो । उनको सनाखत भने हुन सकेको छैन...

प्रदेश नम्बर २ का लागि नयाँ शक्ति पार्टीका २० योजना

२७ भदौ, काठमाडौं । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीले सोमबार जनकपुरमा एक कार्यक्रमको आयोजना गरी २ नम्बर प्रदेशको विकासको खाका सार्वजनिक गरेको छ । नयाँ शक्ति पार्टीले सार्वजनिक गरेको खाकामा सप्तरीदेखि पर्सासम्मको विकासको खाका बुँदागत रुपमा प्रस्तुत गरिएको छ । जनकपुरमा नयाँशक्तिका संयोजक डा. बाबुराम भट्ट...