क्यानडा
भूटानी क्यानाडियन एशोसिएसन (BCA) ले नेपाली नयाँ वर्ष २०८२ को अवसरमा एक भव्य साहित्यिक कार्यक्रमको आयोजना गर्ने भएको छ। अप्रिल १३ का दिन साँझ ७:०० बजे उज्यालो विन्डसर (Ujjaylo Windsor) मार्फत प्रत्यक्ष प्रसारण हुने यस कार्यक्रममा, संसारभरका साहित्यकार, कवि, लेखक तथा वक्ताहरूको सहभागिता रहनेछ अध्यक्ष कृश अधिकारीले बताउनु भएको छ।
यो विशेष अवसर नेपाली भाषा, साहित्य, र पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने अभियानको एउटा महत्वपूर्ण पहिल्यिोका रूपमा आएको छ। भाषा र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले आयोजना गरिन लागेको यो कार्यक्रमले नेपाली समुदायलाई अझ नजिक ल्याउने अपेक्षा गरिएको छ। नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने र नयाँ पुस्तालाई आफ्नै भाषा र संस्कृतिप्रति गर्व गर्ने अवसर प्रदान गर्ने यस कार्यक्रमको विशेष महत्त्व छ।
नेपाली समुदायका सबैलाई यो ऐतिहासिक साहित्यिक जमघटमा सहभागी भई आफ्नै भाषा र साहित्यलाई सम्मान गर्ने अवसर प्रदान गर्न आयोजकले आह्वान गरेको छ। प्रत्यक्ष प्रसारणमार्फत विश्वभरका नेपालीहरूलाई एकसाथ जोड्ने प्रयासस्वरूप यो कार्यक्रम एउटा महत्वपूर्ण पहिल्यिोका सावित हुने विश्वास गरिएको छ। साहित्यकार तथा कविहरु “तिला आचार्य, शिव दाहाल,भोला सुवेदी,तुला बिस्ट,विश्वास लामा,दुर्गा रिमाल, नवीन प्राचिन,वीरेन मगर,सञ्चमान खालिङ,गंगाराम लामिटारे, तुम्बेहाङ लिम्बु,भानु ढुंगाना,
मदन दुलाल, पुरानाघरे,अविषेक शर्मा,डेन्जोम साम्पाङ,जमुना न्यौपाने, नारद खरेल,खगेन्द्र गौतम,ओम पोख्रेल,बलराम काफ्ले,दिल भूटानी, तेजमान रोका, टिकाराम राई र कर्ण गुरुङ हुनुहुनछ।
हाम्रो भाषा, हाम्रो पहिचान – संरक्षण र प्रवर्द्धन हाम्रो अभियान” भन्ने नारासहित आयोजना गरिने यस कार्यक्रमले नेपाली भाषा र संस्कृतिको गौरवलाई अझ मजबुत बनाउने लक्ष्य लिएको छ।
