अमेरिकाको एक्रोनमा ‘तिहार मेला २०२६’ हुँदै, संगीतसँगै महिला, युवा र भेट्रान फुटबल लगायत अन्य नेपाली स्वादका कार्याक्रम हुँदै

३० अक्टोबर २०२६ | अमेरिका

एक्रोन, ओहायो। अमेरिकामा बसोबास गर्दै आएका नेपालीभाषी समुदायलाई कला, संस्कृति, संगीत र खेलकुदमार्फत एकै ठाउँमा जोड्ने उद्देश्यले ओहायो राज्यको एक्रोनमा अक्टोबर ३० र ३१ मा दुईदिने ‘हीड तिहार मेला २०२६’ आयोजना हुने भएको छ।

आउरा फाउन्डेसनको आयोजनामा हुने मेलामा सांगीतिक कार्यक्रमसँगै युवा, महिला र ३५ वर्षभन्दा माथिका खेलाडीका लागि फुटबल प्रतियोगिता समावेश गरिएको छ।

आयोजकले पत्रकार सम्मेलन गर्दै मेलाको तयारी पूरा गर्ने क्रममा विभिन्न सांस्कृतिक प्रस्तुति, खेलकुद प्रतियोगिता र सहयोगी संस्थाको सहभागितालाई प्राथमिकता दिइएको जनाएको छ ।

सन् २०२५ मा आयोजना गरिएको तिहार मेलापछि यस वर्ष पनि कार्यक्रमलाई निरन्तरता दिन लागिएको हो। आयोजकले गत वर्षको उत्सवलाई स्मरणीय रहेको उल्लेख गर्दै यसपटक थप मनोरञ्जन, सांस्कृतिक गतिविधि र सामुदायिक सहभागितासहित कार्यक्रम आयोजना गर्ने दिइएको पत्रकार सम्मेलनमा फाउन्डेसनका अध्यक्ष भिम बानियाँले बताउनु भयो ।

पत्रकार सम्मेलनमा पाउण्डेशनका कार्यकारी निर्देशक खड्ग बानियाँ, उपाध्यक्ष भक्त रिजाल, यस्तै बीसीएका संस्थापक प्रतिनिधि समाजसेवी विष्णु रामदाम लगायत अन्य मेलाका विभिन्न विभागीय प्रमुखहरुले खेल र मेलाका कार्याक्रम तथा आकार्षणबारे प्रष्ट पारेका छन् ।

आयोजक आउरा फाण्डेशनको यो दोस्रो पटक आयोजना गरेको मेलालाई नेपाली संस्कार र त्यस्तै अनुभव गर्ने गरी बनाउन लागिएको आयोककको भनाइ छ । मेलामा बालबालिका देखि बृद्धबृद्धासम्मलाई लक्षित गरी कार्याक्रम तथा मनारञ्जनका खेल तथा आकार्षण राखिएको बताइएको छ ।

मेलाको प्रमुख आकर्षणमध्ये सांगीतिक कार्यक्रम एक रहेको छ। आयोजकले हिमालय ब्यान्डले मेलामा प्रत्यक्ष सांगीतिक प्रस्तुति दिनेछ।

त्यसैगरी अक्टोबर ३१ मा किरन एन्ड द इन्स्ट्रुमेन्ट्सले पनि आफ्ना सांगीतिक प्रस्तुतिमार्फत दर्शकलाई मनोरञ्जन दिने कार्यक्रम रहेको छ।

अमेरिकामा रहेका नेपालीभाषी परिवार र नयाँ पुस्तालाई गीत–संगीतमार्फत आफ्नो सांस्कृतिक परिवेशसँग जोड्ने उद्देश्यले यस्ता कार्यक्रमलाई महत्व दिइएको छ।

तिहार मेलाअन्तर्गत युवा फुटबल प्रतियोगितासमेत समावेश गरिएको छ। सार्वजनिक खेलतालिकाअनुसार प्रतियोगितामा चार टोली सहभागी छन्।

प्रतियोगितामा आउरा एफसी, टुगेदर एफसी, एक्रोन युथ एफसी र एक्रोन युनाइटेड एफसी सहभागी हुने कार्यक्रम रहेको छ।

अक्टोबर २५ मा एक्रोनस्थित ३८० वेस्ट क्रोजियर स्ट्रिट (380 W Crosier St) मा प्रारम्भिक लिग खेलका लागि तालिका सार्वजनिक गरिएको थियो। उक्त दिन बिहान १० बजेदेखि दिउँसो ३ बजेर ४० मिनेटसम्म विभिन्न टोलीबीच छवटा खेल निर्धारित थिए। शीर्ष दुई स्थानमा रहने टोलीबीच अक्टोबर ३१ मा फाइनल खेल आयोजना गरिनेछ।

यस प्रतियोगिताले युवा खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्नुका साथै विभिन्न टोलीका खेलाडीसँग प्रतिस्पर्धा र अनुभव आदानप्रदान गर्ने अवसर दिने आयोजकको अपेक्षा छ।

युवा खेलाडी मात्र नभई लामो समयदेखि फुटबल खेल्दै आएका वयस्क खेलाडीलाई पनि मेलामा सहभागी गराउने उद्देश्यले ३५ वर्षभन्दा माथिका खेलाडीका लागि भेट्रान फुटबल प्रतियोगिता समावेश गरिएको छ।

प्रतियोगितामा एक्रोन आइरन ड्रागन्स, क्लिभल्यान्ड भेट्रान्स तथा समिट ड्रागन्स भेट्रान्सका दुई टोली गरी चार टोली सहभागी हुने तालिका सार्वजनिक गरिएको थियो।

अक्टोबर २५ मा बिहान ९ बजेर ५ मिनेटदेखि दिउँसो ३ बजेसम्म छवटा लिग खेल निर्धारित थिए।

उक्त प्रतियोगिताको फाइनल पनि अक्टोबर ३१ मा नर्थ हाई स्कुलमा आयोजना गरिने कार्यक्रम छ।

आयोजकले फरक उमेर समूहका खेलाडीलाई समेटेर खेलकुदलाई स्वस्थ जीवनशैली र सामुदायिक सम्बन्ध विस्तारको माध्यम बनाउन खोजेको देखिन्छ।

यस वर्षको मेलामा महिलाको खेलकुद सहभागितालाई पनि विशेष महत्व दिइएको छ।

आयोजकले सार्वजनिक गरेको ‘मम्स सकर टुर्नामेन्ट’ सम्बन्धी प्रचार सामग्रीअनुसार अक्टोबर ३१ मा महिलाहरूको फुटबल प्रतियोगिता आयोजना गरिनेछ।

घरपरिवार तथा दैनिक जिम्मेवारीसँगै खेलकुदमा सक्रिय हुन चाहने महिलालाई उत्साह प्रदान गर्ने र उनीहरूको प्रतिभा प्रदर्शन गर्ने अवसरका रूपमा यो प्रतियोगितालाई हेरिएको छ।

महिलाहरूका लागि छुट्टै प्रतियोगिता राखिनुले तिहार मेलालाई संगीत र सांस्कृतिक कार्यक्रमभन्दा फराकिलो सामुदायिक सहभागिताको अवसरका रूपमा विकास गर्न खोजिएको देखिन्छ।

आयोजकको सूचनाअनुसार दुईदिने तिहार मेलाको मुख्य कार्यक्रम अमेरिकाको ओहायो राज्यस्थित एक्रोनको नर्थ हाई स्कुल मा आयोजना हुनेछ।

कार्यक्रमको ठेगाना ९८५ जर्ज बुलेभार्ड, एक्रोन, ओहायो ४४३१० (९८५ जर्ज बुलेभार्ड, एक्रोन, ओहायो ४४३१०) रहेको छ।

मेलाको मुख्य कार्यक्रम अक्टोबर ३० र ३१ मा सञ्चालन हुनेछ भने युवा तथा भेट्रान फुटबल प्रतियोगिताका प्रारम्भिक खेल अक्टोबर २५ का लागि निर्धारण गरिएका थिए।

खेलकुदका फाइनल तथा सांगीतिक प्रस्तुतिहरू अक्टोबर ३१ को मुख्य आकर्षणका रूपमा रहनेछन्।

यस वर्षको तिहार मेला हीड होम हेल्थकेयरको प्रस्तुतिमा आयोजना हुन लागेको हो । कार्यक्रमका सहप्रायोजकमा सलामा फार्मेसी र सगरमाथा इन्टरनेसनल ग्रोसरी एन्ड क्लोदिङ एलएलसी रहेका छन्।

त्यसैगरी थुलुङ बोबा हाउस, सुपर बोबा टी, ग्लोबल इन्स्योरेन्स एजेन्सी, प्रधान, रोयल प्यालेस, प्रिन्टगुरु डट यूएसलगायत विभिन्न व्यवसाय तथा संस्थाले समेत सहयेग गरेका छन् । विभिन्न व्यवसाय, सामाजिक संस्था र सञ्चारमाध्यमको सहभागिताले कार्यक्रम सञ्चालनमा सामुदायिक सहकार्यको महत्व देखाएको छ।

भूटानबाट विस्थापित भई नेपालका शरणार्थी शिविरमा लामो समय बिताएपछि अमेरिकामा पुनर्वास भएका नेपालीभाषी भूटानी समुदायले आफ्नो भाषा, कला, संस्कृति र परम्परालाई नयाँ पुस्तासम्म पुर्‍याउन विभिन्न गतिविधि गर्दै आएका छन्। यस्ता सांस्कृतिक उत्सवमा परिवारका सदस्यबीच भेटघाट, नयाँ पुस्ताको सहभागिता तथा परम्परागत सांगीतिक पहिचानलाई निरन्तरता दिने अवसर सिर्जना हुन्छ।

आयोजकले यस वर्षको तिहार मेलामा संगीतसँगै महिला, युवा तथा भेट्रान फुटबल प्रतियोगितालाई स्थान दिनुले विभिन्न उमेर समूहलाई एउटै उत्सवमा सहभागी गराउने उद्देश्य देखिन्छ।

खासगरी अमेरिकामै जन्मिएका वा हुर्किरहेका बालबालिका तथा युवालाई आफ्नो समुदायको सांस्कृतिक गतिविधिसँग जोड्न यस्ता कार्यक्रम उपयोगी हुने अपेक्षा गरिएको छ।

अक्टोबर ३० र ३१ मा आयोजना हुने हीड तिहार मेला २०२६ ले मनोरञ्जन, खेलकुद र सांस्कृतिक गतिविधिमार्फत अमेरिकामा रहेका नेपालीभाषी समुदायबीच सम्बन्ध र सहकार्यलाई थप बलियो बनाउने आयोजकको विश्वास छ।

More From Author

अमेरिकामा नेपालीभाषी युवा खेलाडीलाई प्रतिभा देखाउने अवसर, नोभेम्बर २८ मा डक्स ओपन कराँते च्याम्पियनसिप

Leave a Reply

Your email address will not be published. Required fields are marked *