ओखलढुंगाका किसान हिमपात भएपछि खुशी

ओखलढुंगाका किसान हिमपात भएपछि खुशी

 

 

 

 

ओखलढुंगा : ओखलढुंगाको माथिल्लो उच्च भूभागमा हिमपात भएपछि किसान खुशी भएका छन्।

ओखलढुंगामा मंगलवार यस वर्षको पहिलो हिमपात भएको हो। जिल्लाको जन्तरधाप, ठाँडे, खिजिदेम्बा, पात्लेलगायत उच्च भूभागमा दिउँसो हिमपात भएको सिद्धिचरण नगरपालिका–६ जन्तरखानी ठाँडेका हरिकुमार मगरले बताए।

हिमपातपछि यस क्षेत्रका किसानले बारीमा लगाएका आलु, गहुँ खेतीलाई सहयोग पुगेको छ।

हिमपातसँगै बढेको चिसोले बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, गर्भवतीका साथै सुत्केरीलाई भने समस्या भएको छ।

 

More From Author

आज यी स्थानमा वर्षा र हिमपात

आज मधेशमा स्वाभिमान दिवस मनाउँदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *