दमकमा ‘मेरो कविता: द रिदम अफ पोएट्री’ फाइनल आज हुँदै

झापा, दमक – झापाको दमकमा जारी लोकप्रिय कविताको रियालिटी शो ‘मेरो कविता: द रिदम अफ पोएट्री’ आफ्नो फाइनल चरणमा पुगेको छ। तीन महिनादेखि दमकको बेलडाँगीमा छायांकन भइरहेको यो शोले अब अन्तिम चार प्रतिस्पर्धी कविहरूलाई छनोट गर्दै उपाधि होड अझै रोमाञ्चक बनाएको छ।

शोका आयोजक माइ प्लेटफर्म का अनुसार, निर्णायकहरूको मूल्यांकन र दर्शकहरूको भोटिङको आधारमा अन्तिम चार कवि फाइनलमा पुगेका हुन्। प्रारम्भमा १४ प्रतिस्पर्धी भोटिङ चरणमा प्रवेश गरेका थिए। अन्ततः फाइनलमा स्थान बनाएका कविहरूमा पाँचथरका सेसे थाम्सुहाङ, तेह्रथुमका प्रवेग हाङस्रोङ, झापाका टोलीप्रसाद राजवंशी, र पश्चिम सिक्किम, भारतका सोनाम पाल्झोर रहेका छन्।

शोका निर्देशक केवल क्षेत्री का अनुसार, अब यी चार कवि पहिलो विजेताको उपाधि प्राप्त गर्न प्रतिस्पर्धा गर्नेछन्।

‘मेरो कविता’ को यात्रा डिजिटल अडिसनबाट सुरु भएको थियो, जहाँ २५० कविहरूमध्ये ५० जना फिजिकल अडिसनका लागि छनोट भएका थिए। विभिन्न चरण पार गर्दै अन्ततः शोले आफ्नो फाइनल चार पाएको हो।

शोको ग्रान्ड फिनाले आगामी चैत १६ गते हुने तय भएको छ। फाइनलमा कविहरूले आफ्नो सिर्जनात्मकता प्रदर्शन गर्ने अवसर पाउनेछन् र सोही मञ्चबाट ‘मेरो कविता: द रिदम अफ पोएट्री’ को पहिलो विजेता घोषणा गरिनेछ।

निर्णायकको टोलीमा प्रतिष्ठित कविहरू हेमन यात्री, सुमन स्मारिका, दधि अज्ञात, र उत्तम तुम्सा रहेका छन्।

More From Author

रबिन सुवेदीको पुस्तक सार्वजनिक: शरणार्थी शिविरदेखि उद्यमशीलतासम्मको प्रेरणादायी यात्रा

पेन्सिल्भेनियाबाट १६ खेलाडी यूएस ओपन र जुनियर इन्टरनेशनल कपमा सहभागी हुँदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *