
पेन्सिल्भेनियाको कार्लाइलस्थित राइजिङ कराते एकेडेमीका १६ जना खेलाडीहरू प्रतिष्ठित यूएस ओपन कराते च्याम्पियनसिप तथा जुनियर इन्टरनेशनल कप २०२६ मा यहि हप्ता सहभागी गर्दै छन्। टोलीको नेतृत्व प्रशिक्षक सेन्सेई निम लामाले गर्नेछन् भने आधिकारिक प्रशिक्षकका रूपमा सेन्सेई राज बराल र सेन्सेई आनन्द सुब्बा रहनेछन्।

अन्तर्राष्ट्रिय स्तरको यो प्रतियोगिता अप्रिल २ देखि ५, २०२६ सम्म टेक्सासको फोर्ट वर्थमा आयोजना हुनेछ, जहाँ विश्वभरका प्रतिभाशाली कराते खेलाडीहरूको सहभागिता रहनेछ।
राइजिङ कराते एकेडेमीका खेलाडीहरू नोभिस, इन्टरमिडिएट, एड्भान्स्ड तथा एलिट समूहमा सहभागी हुनेछन्। ६ वर्षदेखि १८ वर्षभन्दा माथिका उमेर समूहका रहेका छन् र विभिन्न कराते विधामा प्रतिस्पर्धा गर्दै छन्, जहाँ उनीहरूले आफ्नो सीप र अनुशासनका साथ काता र कुमुतेमा प्रदर्शन गर्नेछन्।



