भूटानी शरणार्थी समस्या समाधानका लागि अन्तरक्रिया

१४ असोज २०८३/झापा
नेपालमा रहेका भूटानी शरणार्थीका समस्या र समाधानका विषयमा झापाको दमकमा सरोकारवालाबीच अन्तरक्रिया गरिएको छ । ग्लोबल भूटानीज अर्गनाइजेसन (जीबीओ) नेपाल र पिस इनिसिएटिभ भूटानको आयोजनामा भएको कार्यक्रममा शरणार्थीका परिचयपत्र, पञ्जीकरणलगायतका समस्या उठाइएको छ ।
कार्यक्रममा आयोजक संस्थाका प्रतिनिधि सुदर्शन प्याकुरेलले शिविरमा अध्ययन तथा अवलोकन गरी तयार पारिएको प्रतिवेदन प्रस्तुत गर्दै परिचयपत्र र पञ्जीकरणसम्बन्धी समस्या प्रमुख रहेको बताउनुभयो । बेलडाँगी बस्ती व्यवस्थापन समितिका सचिव सञ्चहाङ सुब्बाले समयमा परिचयपत्र नपाउँदा रोजगारी र व्यवसाय गर्न कठिन भएको र यसले युवा पुस्तामा समेत नकारात्मक असर पारेको बताउनुभयो


कार्यक्रममा मानव अधिकारकर्मी डा. केपी सुवेदीले शरणार्थीले न्यूनतम मानव अधिकारको धारभूत आवश्यकता अनिवार्य पाउनु पर्ने बताउनु भयो । उहाँका अनुसार नेपालले अन्तराष्ट्रिय मानव अधिकारको महासन्धी र कानुनमा सदस्य पक्षधर नभएकाले शरणार्थी सम्बन्धी कानुन निर्माण र निर्णयमा समस्या भएको छ । दमक नगरपालिकाका उपप्रमुख रेगिना भट्टराईले लामो समय देखि बसोवास गर्दै आएका भूटानी शरणार्थीको स्वास्थ्य शिक्षा र अन्य आधारभूत आवश्यकतमा आफूहरुले सक्दो जोड दिएको बताउनु भयो ।


यस्तै कार्याक्रममा वडाध्यक्ष नवीन बराल र भूटानी शरणार्थी स्वदेश फिर्ती प्रतिनिधिमुलक समितिका संयोजक तिलक राईलगायतले समस्याको दीर्घकालीन समाधानमा जोड दिनुभयो । राईका अनुसार तेस्रो मुलुक पुनर्वास भए पनि हालै आएर पुनः डिर्पोट गर्न थालिएको शरणार्थी समस्या थप बढेर गएको बताउनु भयो । उहाँका अनुसार शरणार्थी मुद्धाको अन्तिम समाधान भनेको आफ्नो थातथलो प्राप्ति नै भएकाले भूटानले शरणागत अवस्थामा बसेका शरणार्थीलाई आफ्नो देश फर्काउनु नै अन्तिम र दिर्घकालिन समाधान हुने बताउनु भयो ।


झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले अन्तरक्रियामा उठेका विषय सम्बन्धित मन्त्रालयसम्म र्पुयाउने र स्थानीय तहबाट समाधान गर्न सकिने विषयमा समन्वय गर्ने बताउनुभयो। तेस्रो मुलुक पुनर्वासपछि पनि नेपालका शिविरमा अझै झण्डै साढे ६ हजार भूटानी शरणार्थी बसोबास गर्दै आएका छन् ।

More From Author

अमेरिकामा बस्दै आएका स्रष्टा आरबी खड्काको ‘फर्केर हेर्दा’ मिरिकमा लोकार्पण

अमेरिकाको रेनल्ड्सबर्गमा छैटौँ दशैं–तिहार मेला हुँदै: संस्कृति र समुदाय जोड्ने साझा उत्सव

Leave a Reply

Your email address will not be published. Required fields are marked *