भुट्निज कमिनिटी ईन द नेदरल्यान्ड्सद्वारा नेपाल बाढी राहत कोषमा रु ३,७१,७२६ सहयोग

हेग, नेदरल्याण्ड्स, २८ सेप्टेम्बर २०२६ — नेदरल्याण्ड्सस्थित भुटानी समुदाय (BCN) ले २६ अगस्ट २०२६ को बाढीबाट प्रभावित नेपाली नागरिकहरूको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ३,७१,७२६.८० सहयोग गरेको छ।

BCN का अनुसार, उक्त रकम USD 2,428 बराबरको हो र नेदरल्याण्ड्समा रहेका २४ जना दाता तथा योगदानकर्ताहरूको सहयोगबाट संकलन गरिएको थियो। रकम २१ सेप्टेम्बर २०२६ मा Himalayan Bank Ltd. मा रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा जम्मा गरिएको हो।

BCN का अनुसार, २८ सेप्टेम्बरमा अध्यक्ष गोपाल गुरुङको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले NRNA Netherlands का अध्यक्ष विष्णु पोखरेल र उहाँको टोलीलाई बैंक कारोबारसम्बन्धी कागजात हस्तान्तरण गरेको छ।

BCN ले नेपालका बाढीपीडितहरूका लागि सहयोग गर्ने २४ जना दाता तथा योगदानकर्ताहरूलाई धन्यवाद दिएको छ। साथै, कागजात बुझेर सहयोग र सहजीकरण गरेकोमा विष्णु पोखरेल र उहाँको टोलीप्रति पनि आभार व्यक्त गरेको छ।

More From Author

गाँस काटेर बाढी पीडितलाई सहयोग संकलन गर्दै भूटानी शरणार्थी

अमेरिकामा बस्दै आएका स्रष्टा आरबी खड्काको ‘फर्केर हेर्दा’ मिरिकमा लोकार्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *