१२ असोज २०८३, बेलडांगी
गाँस काटेर बाढी पीडितका लागि भूटानी शरणार्थीले सहयोग संकलन थालेका छन् । गत भदौ १० गते नुवाकोटमा आएको बाढीले क्षति गरेको क्षेत्रमा प्रत्यक्षरुपमा राहत सामाग्री लिएर जान तेस्रो मुलुकमा रहेका भूटानी र शरणार्थी शिविरमा बसोवास गर्दै आएका भुटानीबाट झण्डै साढे ८ लाख रुपयाँ रकम संकलन भईसकेको वेलडाँगी बस्ती व्यवस्थापन समितिका सचिव सन्चहाङ सुब्बाले बताउनु भयो ।

सुब्बाका अनुसार १ लाख रुपयाँ प्रधानमन्त्री प्रकोप कोषमा र बाँकी रकमबाट आवश्यक खाद्य सामाग्री देखि दैनिक प्रयोगका सामाग्री लिएर पीडित परिवारलाई नै भेट्न जाने तयारी थालिएको छ । हालै परेको बर्षाले भत्किएका सडकको अवस्था हेरेर दशैं अगाडि नै बाढी पीडितलाई सानो भए पनि सहयोग गर्न जाने निर्णय गरिएको बस्ती व्यवस्थान समितिले जनाएको छ ।
भूटान देशबाट लखेटिएर नेपाल आउँदा शुरुको अवस्थामा नेपाली समूदाय र सरकारले गरेको सहयोगले आजसम्म नेपाली भाषी भुटानीलाई लागेको गुण तिर्न नेपाली समूदायमा परेको अप्ठ्यारोमा सहयोग गर्दै आएको उनीहरुले बताएका छन् ।
सचिव सन्तहाङ सुब्बासँगको कुराकानी हेर्न चाहानुहुन्छ भने तलको लिंक थिच्नुहोस् ।



