
पेनसिल्भेनिया, ल्यान्कास्टर -नेपाली मूलका युवा उद्यमी रविन सुवेदीले दीर्घकालीन आर्थिक सफलता हासिल गर्ने तरिका समेटिएको नयाँ पुस्तक सार्वजनिक गरेका छन्। साथै, उनी हाल पेनसिल्भेनिया ल्यान्कास्टरमा बसोबास गर्दै आएका छन्।
उनको जीवन यात्रा गोल्डह्याप शरणार्थी शिविरबाट सुरु भई आज पेन्न स्टेट विश्वविद्यालयका स्नातक र सफल उद्यमीको रूपमा स्थापित हुनु आफैंमा प्रेरणादायी उदाहरण बनेको छ।
पुस्तकमा सुवेदीले आफ्ना व्यक्तिगत अनुभवसँगै शेयर बजारसम्बन्धी ज्ञानलाई सरल भाषामा प्रस्तुत गरेका छन्। जटिल वित्तीय अवधारणाहरूलाई सजिलो बनाउँदै उनले दीर्घकालीन सम्पत्ति निर्माणका लागि स्पष्ट मार्गचित्र दिएका छन्।
उक्त पुस्तकले निरन्तरता, धैर्यता र लगानीप्रतिको प्रतिबद्धतालाई मुख्य आधार मानेर सम्पत्ति निर्माण गर्न सकिने सन्देश दिएको छ। साथै, विश्वप्रसिद्ध लगानीकर्ताहरूका अनुभव र सिकाइहरूलाई समेत समेटिएको छ।
सुवेदीका अनुसार, आर्थिक ज्ञान सबैका लागि पहुँच योग्य हुनुपर्छ, ताकि जो कोहीले पनि शेयर बजारबाट फाइदा लिन सकून्।
यो पुस्तक विशेषगरी नयाँ लगानीकर्ता तथा आर्थिक रूपमा आत्मनिर्भर बन्न चाहनेहरूका लागि उपयोगी हुने विश्वास गरिएको छ।
Click Link to buy book



