अमेरिकाको ओहायोमा दुई नेपाली व्यक्तिको शव फेला: हत्यापछि आत्महत्या गरिएको आशंका

कोलम्बस, अमेरिका — अमेरिकाको ओहायो राज्यस्थित कोलम्बस सहरको दक्षिण-पूर्वी भागमा सोमबार दिउँसो दुई नेपाली भाषी व्यक्ति मृत अवस्थामा फेला परेका छन्। प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानबाट यो घटना ‘हत्यापछि आत्महत्या’ (Murder-Suicide) भएको मानिएको छ।
कोलम्बस प्रहरीका अनुसार, टसिङ रोड नजिकै रहेको ब्यानन कोर्ट स्थित एक घर भित्र कोही मृत अवस्थामा रहेको भन्दै एक बालिकाले ९११ मा फोन गरेकी थिइन्। सूचना पाउनासाथ पुगेको प्रहरी टोलीले घर भित्र दुई जनालाई मृत अवस्थामा फेला पारेको हो।

मृतकहरूको पहिचान ३३ वर्षीया मोनु रिजाल र ४१ वर्षीय भीम मिश्र भएको पुष्टि रहेको छ। अनुसन्धानकर्ताहरूका अनुसार भीम मिश्रले पहिले मोनु रिजालको हत्या गरी पछि आफूले पनि आत्महत्या गरेको अनुमान गरिएको छ। उनीहरूको मृत्युको कारण र आपसी सम्बन्धबारे प्रहरीले आधिकारिक रूपमा थप विवरण खुलाएको छैन।

हालका वर्षहरूमा, विशेष गरी अमेरिकामा बसोबास गर्ने नेपाली समुदायभित्रै पारिवारिक विवाद, घरेलु हिंसा, मानसिक तनाव र एक्लोपनका कारण एक-आपसमा हत्या गर्ने र पछि आफैंले आत्महत्या गर्ने यस्ता दुःखद घटनाहरू बारम्बार दोहोरिने गरेका छन्। यस्ता घटनाहरूले विदेशमा रहेका नेपाली समुदायलाई स्तब्ध र चिन्तित बनाएको छ।

यदि तपाईं वा तपाईंले चिन्नुभएको कोही मानसिक तनाव, घरेलु हिंसा वा आत्महत्याको विचारबाट गुजरिरहनुभएको छ भने तुरुन्तै सहयोग लिनुहोस्। अमेरिकामा ९८८ मा फोन वा टेक्स्ट गरेर २४/७ निःशुल्क सहयोग प्राप्त गर्न सकिन्छ।

More From Author

विश्वशान्तिको कामना गर्दै कोलोराडोमा किरात समाजद्वारा त्रिदिवसीय अष्टहवन सेवा आयोजित

अमेरिकामा बाल यौन दुर्व्यवहारको आरोपमा ५० वर्षीय पौडेल पक्राउ

Leave a Reply

Your email address will not be published. Required fields are marked *