आज मधेशमा स्वाभिमान दिवस मनाउँदै

आज मधेशमा स्वाभिमान दिवस मनाउँदै

 

 

 

 

काठमाडौं : प्रदेशको नामकरण भएको दिनको सम्झनामा मधेश सरकारले बुधबार स्वभिमान दिवस मनाउँदैछ।

 

तत्कालीन प्रदेश २ को नाम २०७८ माघ ३ गते ​मधेश प्रदेश र स्थायी राजधानी जनकपुरधाम तय भएको सम्झनामा सरकारले स्वाभिमान दिवस मनाउन लागेको हो ।

गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले माघ ३ गतेलाई स्वाभिमान दिवस मनाउने निर्णय गरेको थियो। जनकपुरधामस्थित महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रमा बिहान ११ बजे स्वाभिमानी दिवस मनाउने कार्यक्रम रहेको मुख्यमन्त्री सरोजकुमार यादवको सचिवालयले जनाएको छ।

यो अवसरमा मुख्यमन्त्री यादवले एक वर्षे कार्यकालको प्रमुख कार्यविवरण समेत सार्वजनिक गर्ने छन्। २०७९ पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका यादवले पुस २९ मा शपथ लिएका थिए।

 

More From Author

ओखलढुंगाका किसान हिमपात भएपछि खुशी

न्याय परिषद नियमावली संशोधन भुसको आगो बन्दैछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *