स्क्रान्टनमा सांस्कृतिक गीत तथा नृत्य कार्यक्रम हुँदै।

स्क्रान्टन, पेन्सिलभेनिया — भुटानी कम्युनिटी अफ स्क्रान्टनको आयोजनामा बालबालिका तथा युवाहरूको प्रतिभा प्रस्तुतिसँगै भुटानी तथा नेपाली संस्कृति, कला र परम्पराको संरक्षण गर्ने उद्देश्यले “Cultural Song & Dance Performance 2026” आयोजना हुने भएको छ।

आगामी अगस्ट २२, २०२६ का दिन दिउँसो १२ बजेदेखि स्क्रान्टनस्थित YMS of R Park, 1000 Kane St, Scranton, PA 18505 मा कार्यक्रम आयोजना गर्न लागिएको हो। कार्यक्रममा समुदायका बालबालिका तथा युवाहरूले विभिन्न गीत, नृत्य तथा सांस्कृतिक प्रस्तुति मार्फत आफ्नो प्रतिभा प्रदर्शन गर्नेछन्।

आयोजकका अनुसार नयाँ पुस्तालाई सकारात्मक र रचनात्मक गतिविधिमा सहभागी गराउँदै आफ्नो संस्कृति र परम्परासँग नजिक बनाउने तथा पुस्तौंदेखि चलिआएको सांस्कृतिक पहिचानलाई संरक्षण गर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको छ। साथै, कार्यक्रमले समुदायका बालबालिका तथा युवाहरूलाई आफ्नो प्रतिभा देखाउने राम्रो अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा सांस्कृतिक गीत तथा नृत्य प्रस्तुतिसँगै नेपाली तथा अन्य स्वादिष्ट परिकार, विभिन्न खानाका स्टल, चिसा पेय पदार्थ र प्रत्यक्ष सांस्कृतिक मनोरञ्जनसमेत रहनेछ। परिवार तथा साथीभाइसँगै सहभागी भएर मनोरञ्जन लिन सकिने आयोजकले जनाएको छ।

भुटानी कम्युनिटी अफ स्क्रान्टनले सम्पूर्ण समुदायका सदस्य, विभिन्न उप–समुदाय, परिवार, साथीभाइ तथा शुभेच्छुकहरूलाई कार्यक्रममा उपस्थित भई बालबालिका तथा युवाहरूको प्रतिभालाई हौसला प्रदान गर्न आग्रह गरेको छ।

यो कार्यक्रम मनोरञ्जनमा मात्र सीमित नभई संस्कृति संरक्षण, नयाँ पुस्तालाई सांस्कृतिक पहिचानसँग जोड्ने र समुदायबीचको एकता तथा आपसी सम्बन्धलाई अझ बलियो बनाउने महत्वपूर्ण अवसरका रूपमा आयोजना गर्न लागिएको हो।

“हाम्रो संस्कृति, हाम्रो युवा, हाम्रो समुदाय” भन्ने सन्देशसहित आयोजना हुन लागेको यस सांस्कृतिक कार्यक्रमले स्क्रान्टनमा रहेका भुटानी समुदायका परिवार तथा नयाँ पुस्तालाई एकै ठाउँमा जोड्ने अपेक्षा गरिएको छ।

More From Author

भर्खरै रिहा भएका दुई भूटानी राजनीतिक बन्दीलाई आर्थिक सहयोग हस्तान्तरण

Leave a Reply

Your email address will not be published. Required fields are marked *