
ह्यारीसबर्ग, पेनसिल्भेनिया — विदेशमा बसोबास गर्ने नेपाली तथा भुटानी समुदायलाई आफ्ना संस्कृति र परम्परासँग जोड्ने उद्देश्यले Unity25 ले नयाँ गीत “दशैं आयो” सार्वजनिक गरेको छ। गीतले दशैं–तिहारको उल्लास, परम्परा र एकताको सन्देश बोकेको छ, जसले प्रवासी समुदायबीच संस्कृतिप्रतिको माया झनै प्रगाढ बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ।
यस गीतमा इन्द्रले लेखेको शब्दमा रोनन सुब्बाले संगीत भरेका छन् भने एरेञ्जमेन्ट, रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङ मुस्कान बलाम्पाकीले गरेका हुन्। तबला र मादलमा राजेश गुरुङ, बाँसुरीमा धनबहादुर गुरुङ, गिटारमा सञ्जीव सुब्बा र सारङ्गीमा धर्म गन्धर्वले साथ दिएका छन्। गीत GEMCA Recording & Music Production, Harrisburg र Aaroh Recording Studio मा रेकर्ड गरिएको हो।
गीतको भिडियो निर्देशक लक्षु शर्मा रहेका छन्। सुरेन्द्र मान सिंहले छायांकन, सम्पादन तथा कलर ग्रेडिङ गरेका छन् भने मेकअपमा मिस्मी र अञ्जिला संलग्न छन्। भिडियोको सम्पूर्ण अवधारणा र कोरियोग्राफी इन्द्रकै निर्देशनमा गरिएको हो।
गीतमा रोनन सुब्बा, कृष्णा प्रधान, सोम परसाई, इन्द्र, पदम तामाङ र धन तामाङले स्वर दिएका छन्। भिडियोमा दिपेन्द्र सुब्बा, दिपाञ्जली प्रधान, खीना प्रधान, पुर्णा फुरुम्बो, दाम्बर भुजेल, धनमाया भुजेल, होमनाथ गुरुङ, रिन्छिन तामाङ, सुनिता गुरुङ, पम्पा गुरुङ, भीम बर्देवा र संगिता सुब्बाले अभिनय गरेका छन्।
यसैगरी नृत्य प्रस्तुतीमा सोनिया, अञ्जिला, विन्से मगर, तमन्ना र तनुष्काको आकर्षक सहभागिता रहेको छ। बालबालिकाहरूको विशेष सहभागिता पनि गीतमा देख्न सकिन्छ, जसमा प्रेस्टन खवास, साइमन प्रसाई, अन्सु राई, भीसन बर्देवा, साइना बर्देवा, देवन सुब्बा, देवेश सुब्बा र दिविशा सुब्बा रहेका छन्।
गीत निर्माणमा सहयोगी सल्लाहकारको रूपमा दिपक सुब्बा, राज मुशुहाङ, मोनी गुरुङ, जीवन गुरुङ, भोला मोह्रा, टेक गौतम, कमल थापा, नर गुरुङ, अर्जुन खरेल, गम्भिर गुरुङ र दिपक गुरुङको उल्लेखनीय योगदान रहेको छ। यस परियोजनामा पुर्णा खवास, बिमल गुरुङ (Dragon Insurance Services LLC), कृष्णा प्रधान (Ghimire Homes) र मदन पराजुली (Howard Hanna) प्रायोजक बनेका छन्। साथै BCH लाई विशेष धन्यवाद दिइएको छ।
“दशैं आयो” गीतले विदेशमा बसे पनि आफ्ना संस्कृति, परम्परा र चाडपर्वलाई जोगाएर राख्न सकिन्छ भन्ने सन्देश दिन सफल भएको छ। यसले प्रवासी नेपाली तथा भुटानी समुदायबीच कला, संस्कृति र सामाजिक एकतालाई अझ मजबुत बनाउने विश्वास लिइएको छ।
यस गीतलाई अझ विशेष बनाउने पक्ष भनेको यसको भावनात्मक पृष्ठभूमि हो। भुटानी शरणार्थी शिविर बेलडाँगी–१ मा हुर्किएका साथीहरूले पुनर्वाससँगै छुट्टिएको बालपनको सम्झनालाई यस गीतमार्फत उजागर गरेका छन्। हाल अमेरिकामा धेरै वर्षपछि पुनः मिलन भएको अवसरमा, संगीत क्षेत्रका विभिन्न विधामा सक्रिय रहेका बेलडाँगी–१ का युवाहरूले आफ्नो आत्मीयता र एकताको प्रतीकका रूपमा “दशैं आयो” बजारमा ल्याएका हुन्।