ग्लोबल फाउन्डेशन अफ अमेरिका (जिएफए) द्वारा युगाण्डामा शरणार्थीहरूका लागि मानवीय सहायता विस्तार

अमेरिका-ग्लोबल फाउन्डेशन अफ अमेरिका (जिएफए) ले २०२४ देखि युगाण्डास्थित शरणार्थी शिविरहरूमा शिक्षा र दैनिक आवश्यक सामग्री उपलब्ध गराउने उद्देश्यले राहत तथा दीर्घकालीन सहयोग कार्यक्रमलाई थप विस्तार गरेको छ। ग्लोबल फाउन्डेशन अफ अमेरिका जिएफएका अध्यक्ष प्रजा धितालले शिक्षा, दैनिक आवश्यक सामग्री तथा संस्थागत सामग्रीहरू सहयोग गर्ने उद्देश्यले सन् २०२२ मा अमेरिकामा यस संस्थाको स्थापना गर्नुभएको हो।

जिएफए फाउन्डेशन द्वारा शरणार्थी परिवारलाई आवास, भोजन, स्वास्थ्य सहायता तथा विद्यार्थीहरूका लागि शैक्षिक सामग्री प्रदान गरिनेछ। संगठनले आगामी वर्षमा अझ धेरै शरणार्थी परिवार र विद्यार्थीहरूलाई प्रत्यक्ष सहयोग पुर्‍याउने लक्ष्य लिएको छ।

जिएफएका अध्यक्ष प्रजा धितालका अनुसार, हाम्रो मिशन भनेको प्रत्येक विस्थापित व्यक्तिको गरिमा र आशा पुनःस्थापना गर्नु हो। हाम्रो स्वयंसेवक र साझेदारहरूको सहयोगले हामी परिवारहरूलाई आफ्नो जीवन पुनर्निर्माण गर्न र विद्यार्थीहरूलाई शिक्षामा निरन्तरता दिन उल्लेखनीय प्रगति गरिरहेका छौं।

स्थापना भएदेखि नै जिएफएले शरणार्थी परिवारलाई विद्यालयका सामग्रीदेखि लिएर घरायसी सामानसम्म आवश्यक सहयोग पुर्‍याउँदै आएको छ। स्थानीय तथा अन्तर्राष्ट्रिय सामुदायिक साझेदारहरूसँग मिलेर संगठनले शरणार्थीहरूलाई आत्मनिर्भर बन्न आवश्यक स्रोतहरू प्राप्त गराउन सहयोग गर्दै आएको छ।

आगामी दिनमा जिएफएले आफ्नो कार्यक्रमको पहुँच विस्तार गरी अझ धेरै शरणार्थी परिवार तथा व्यक्तिलाई समेट्ने योजना बनाएको छ। “यो कार्य सामूहिक प्रयासविना सम्भव छैन जिएफए ले जनाएको छ।हामी दान, स्वयंसेवा तथा साझेदारीलाई हार्दिक स्वागत गर्दछौं, जसले हाम्रो करुणा र दृढताको दृष्टिकोणलाई साझा गर्छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार