अन्तर राज्यीय फुटबल प्रतियोगिता २०२६ एटलान्टामा भव्य रूपमा आयोजना हुँदै

एटलान्टा, जर्जिया — अमेरिकामा रहेका फुटबलप्रेमी समुदायका लागि उत्साहको विषय बनेको इन्टर स्टेट सकर प्रतियोगिता २०२६ आगामी मे २३ र २४, २०२६ मा एटलान्टा, जर्जियामा आयोजना हुने भएको छ। जर्जिया युनाइटेड एफसी को आयोजनामा हुन लागेको यो प्रतियोगिता South साउथ ग्विनेट पार्क, स्नेलभिलमा सञ्चालन हुनेछ।

अन्तरराज्यीय स्तरको यस प्रतियोगितामा अमेरिका विभिन्न राज्यहरूबाट आएका ३५ वर्षभन्दा माथिका अनुभवी खेलाडीहरू सम्मिलित ८ टिम सहभागी हुनेछन्। सीमित टिम सहभागिताका कारण प्रत्येक खेल अत्यन्तै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ। आयोजकका अनुसार दर्ता प्रक्रिया “पहिले आउनेलाई पहिलो अवसर” को आधारमा सम्पन्न गरिएको थियो र सबै टिमहरू निर्धारित समयमै छनोट भइसकेका छन्।

प्रतियोगिताका खेलहरू अनुभव, रणनीति र अनुशासनमा आधारित हुने अनुमान गरिएको छ। युवा खेलहरूजस्तै अत्यधिक गति भन्दा पनि सन्तुलित आक्रमण, बल नियन्त्रण, सही पासिङ र टिमवर्कमा आधारित खेल शैली देखिनेछ। विशेषगरी सेमिफाइनल र फाइनल चरणका खेलहरू निकै रोमाञ्चक र तनावपूर्ण हुने अपेक्षा गरिएको छ, जहाँ सानो गल्तीले पनि नतिजा परिवर्तन गर्न सक्नेछ।

३५+ उमेर समूहका खेलाडीहरू खेलप्रतिको गहिरो समझ, अनुभव र परिपक्व निर्णय क्षमताका कारण दर्शकहरूले उच्चस्तरीय र बौद्धिक फुटबलको मजा लिन पाउनेछन्। यस प्रतियोगिताले खेल मात्र नभई समुदायबीच आपसी भाइचारा, स्वस्थ जीवनशैली र सकारात्मक सोचको सन्देश पनि फैलाउने विश्वास आयोजकले व्यक्त गरेको छ।

प्रतियोगितालाई थप आकर्षक बनाउन विजेता टिमका लागि ८,००० अमेरिकी डलर र उपविजेता टिमका लागि ५,००० अमेरिकी डलर नगद पुरस्कारको व्यवस्था गरिएको छ। साथै, दर्शकहरूको उपस्थितिले खेलाडीहरूको उत्साह थप बढाउने र कार्यक्रमलाई अझ सफल बनाउने अपेक्षा गरिएको छ।

टिम दर्ता मे ८, २०२६ मा बन्द भइसकेको छ। प्रतियोगितासम्बन्धी थप जानकारीका लागि 770-616-7170 वा 770-896-9277 नम्बरमा सम्पर्क गर्न सकिनेछ। आयोजक Georgia United FC ले यस प्रतियोगितालाई भविष्यमा अझ व्यवस्थित र ठूलो स्तरमा विस्तार गर्ने योजना समेत अघि सारेको छ।

अनुभव, प्रतिस्पर्धा र समुदायको एकताको संगमका रूपमा प्रस्तुत हुने इन्टर स्टेट सकर प्रतियोगिता २०२६ ले एटलान्टालाई दुई दिनसम्म फुटबलको उत्सवमा रूपान्तरण गर्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार