एलिसा र पुष्पलको साथ एक अर्कालाइ

मोडलद्धय पुष्पल खड्का र एलिसा राइ वैवाहिक जीवनमा बाँधिएको भिडियो सार्वजनिक भएको छ । एक म्यूजिक भिडियोमा यी दुइ रोमान्टिक अवतारमा देखिएका छन् ।

समन अधिकारीले निर्देशन गरेको ‘सायद मलाइ’ बोलको गीतको म्यूजिक भिडियोमा पुष्पल र एलिसाको जोडी जमेको हो । यो गीतमा राज सिग्देल र देसु गोलेको आवाज, देसुकै शब्द, अर्जुन पोखरेलको संगीत छ ।

शिवराम श्रेष्ठले खिचिको यो भिडियोलाइ निशान घिमिरेले सम्पादन गरेका हुन् । रोमान्टिक शैलीको यो गीतको भिडियोलाइ निर्देशकले पनि रोमान्टिक शैलीमै देखाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार