गायक भूवन केसीको ‘ट्राफिक जाम’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । गीत सार्वजनिक भएसँगै चर्चा पाउन थालेको छ । ‘आयान’ एल्बममा समावेश यो गीतमा भुवन र राजेन्द्र बजगाँइको शब्द, राजेन्द्रकै संगीत छ ।
शिव वीकले निर्देशन गरेको यो भिडियोमा मोडल माला लिम्बु र रविन सेनले मोडलिङ गरेका छन् । मालाको सुन्दरताको कारण ट्राफिक जाम भएको भन्दै गीतमा उनको वर्णन गरिएको छ । निशान घिमिरेको सम्पादन रहेको भिडियोलाइ अर्जुन तिवारीले छायांकन गरेका हुन् ।