अस्ट्रेलियाको एडिलेडमा ११औं ड्रागन कप २०२५ आयोजना हुँदै

एडिलेड, अस्ट्रेलिया — एडिलेड ड्रागन स्पोर्टिङ क्लबको आयोजनामा आउँदो नोभेम्बर १ र २, २०२५ मा “११औं ड्रागन कप” बहुसांस्कृतिक फुटबल प्रतियोगिता हुने भएको छ। खेल प्रतियोगिता कलारा रिजर्भ, ९१ पिची रोड, डाभोरेन पार्क (SA 5113) मा आयोजना गरिनेछ।

यस वर्षको ड्रागन कपमा विभिन्न समुदायका १२ टिमहरूबीच खुला उमेर समूहमा प्रतिस्पर्धा हुनेछ। विजेताले २५ सय डलर सहित ट्रफी र मेडल प्राप्त गर्नेछ भने उपविजेताले १२ सय डलर सहित ट्रफी र मेडल पाउनेछन्। त्यस्तै उत्कृष्ट खेलाडी (MVP), उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट गोलरक्षकले आ–आफ्नो प्रदर्शनका लागि १५० डलर सहित ट्रफी पाउने छन्। प्रतियोगिताका क्वार्टरफाइनल, सेमिफाइनल र फाइनल खेलमा म्यान अफ द म्याच घोषणा गरिनेछ।

भेट्रान समूहमा पाँच समुदायका टिमहरूले सहभागिता जनाउने छन्। यस समूहका विजेताले ५ सय डलर, उपविजेताले ३ सय डलर र उत्कृष्ट खेलाडीले १ सय डलर सहित ट्रफी र मेडल पाउनेछन्।

बालबालिकाको सहभागिता प्रोत्साहित गर्नका लागि अन्डर–१२ समूहमा पनि प्रतियोगिता राखिएको छ, जसमा विजेता र उपविजेताले ट्रफी तथा मेडल पाउनेछन् भने उत्कृष्ट खेलाडीलाई विशेष ट्रफी प्रदान गरिनेछ।

खुला समूहको प्रवेश शुल्क ४५० डलर र भेट्रान समूहको प्रवेश शुल्क २०० डलर तोकिएको छ। महिला र बालबालिका समूहका खेलहरू निःशुल्क रहनेछन्।

प्रतियोगिताको मुख्य प्रायोजक “एसए डिसएबिलिटी केयर” रहेको छ भने सिटी अफ प्लेफोर्ड इभेन्ट स्पोन्सरका रूपमा रहनेछ। ए वान रियल एस्टेट र थेराज ग्रुप सर्भिसेज प्रालि प्लेटिनम स्पोन्सर हुन्। कालिकोट ज्वेलरी एडिलेड गोल्ड स्पोन्सरको रूपमा सहयोग गर्नेछ।

त्यसैगरी नमस्ते सुपरमार्केट, देउराली रेष्टुरेन्ट, ईज कन्भेइन्सिङ र कोर्भेस्टिड एण्ड इजिस्ट्रट मुख्य स्पोन्सरका रूपमा रहेका छन्। कार्यक्रमलाई गिरिश इभेन्ट एण्ड इन्टरटेनमेन्टले समर्थन गर्नेछ।

यो प्रतियोगितालाई भूटानी कम्युनिटीज काउन्सिल अफ एसए, किरात कल्चरल एशोसिएसन अस्ट्रेलिया, भूटानी मगर कल्चरल कम्युनिटी अफ एसए, एन्ड्र्युज फर्म सोकर एण्ड कम्युनिटी क्लब तथा हेल्प हिमालयन युथ फाउन्डेशन (HHYF) ले सामुदायिक समर्थन प्रदान गरेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार