ह्यारिसबर्गमा “पुस्तक र एल्बम विमोचन समारोह” आयोजना हुँदै

ह्यारिसबर्ग, पेन्सिल्भेनिया — ग्लोबल भुटानी लिटरेरी अर्गनाइजेसन (जीबीएलओ) र साहित्य कला संगमको संयुक्त प्रस्तुतिमा “पुस्तक र एल्बम विमोचन समारोह” आयोजना हुने भएको छ। नेपाली भाषा, साहित्य र संगीतको संरक्षण, प्रवर्द्धन तथा स्रष्टाहरूको सम्मान गर्ने उद्देश्यसहित आयोजना गर्न लागिएको यो कार्यक्रम ह्यारिसबर्ग आसपासका नेपाली समुदायका लागि एक महत्वपूर्ण सांस्कृतिक अवसरका रूपमा हेरिएको छ।

आयोजक संस्थाप्रति जीबीएलओ परिवार हार्दिक कृतज्ञता व्यक्त गर्दै यस्तो सिर्जनात्मक सहकार्यले साहित्य र संगीतप्रेमीहरूलाई अझ नयाँ सिर्जनातर्फ प्रेरित गर्ने विश्वास व्यक्त गरेको छ। कार्यक्रम केवल विमोचनमा सीमित नभई सांस्कृतिक मेलमिलाप, आपसी सद्भाव र सामुदायिक एकताको सुन्दर उदाहरण बन्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा भुटानी समाजका विभिन्न प्रतिभावान कलाकारहरूको बेजोड सांगीतिक प्रस्तुति रहनेछ, जसले दर्शक–श्रोताहरूलाई भावनात्मक र सांस्कृतिक रूपमा समृद्ध बनाउने विश्वास लिइएको छ। ह्यारिसबर्ग तथा आसपासका सम्पूर्ण नेपाली साहित्य–संगीतप्रेमी महानुभावहरूलाई कार्यक्रममा उपस्थित भई यसको शोभा बढाइदिन आयोजकले हार्दिक निमन्त्रणा गरेका छन्। कार्यक्रमसम्बन्धी थप विवरण चाँडै सार्वजनिक गरिने जनाइएको छ।

यस कार्यक्रमलाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने सह–आयोजक तथा सहयोगीहरू — महेश न्यौपाने, यदु धिताल, पातलो अन्तारे, कुमार सिवाकोटी, दीपेश चापागाईं र देविका बराल — प्रति जीबीएलओ ले विशेष धन्यवाद व्यक्त गरेको छ।

अन्त्यमा, ग्लोबल भुटानी लिटरेरी अर्गनाइजेसन (जीबीएलओ), साहित्य कला संगम र लेखक गोबिन्द होमगाईले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सहयोगी, कलाकार तथा सहभागीहरू प्रति हार्दिक आभार व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार