प्रधानमन्त्रीले गरे युगाण्डामा रहेका नेपालीहरूसँग अन्तरक्रिया

प्रधानमन्त्रीले गरे युगाण्डामा रहेका नेपालीहरूसँग अन्तरक्रिया

 

 

 

असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को १९ औं सम्मेलनमा भाग लिन बिहीबार साँझ युगाण्डाको कम्पाला पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्यहाँ रहेका नेपालीहरूसँग भेट गरेका छन्।

युगान्डामा रहेका नेपालीहरूले आफूले व्यहोरेको समस्याबारे जानकारी गराएका थिए।

प्रधानमन्त्री प्रचण्डले युगान्डामा आफू पहिलोपटक आइपुगेको बताउँदै त्यहाँ रहेका नेपालीहरूको समस्या समाधानका लागि आफू प्रतिबद्ध र गम्भीर रहेको बताएका थिए।

‘युगाण्डामा मेरो पहिलो भ्रमण हो। तपाईंहरूसँग भेटेर कुराकानी गर्न पाउँदा खुसी लागेको छ। यहाँ तपाईंहरूले केही कुरा उठाउनुभयो। ती महत्त्वपूर्ण छन्। हिजोमात्रै मैले भिजिट भिसाका बारेमा केही महत्त्वपूर्ण निर्णय गरिएको छ। केही समयअघि आप्रवासन समस्या समाधानका निम्ति सबै राजदूतहरू बोलाएर कुरा गरिएको छ,’ प्रधानमन्त्री प्रचण्डको भनाइ उद्धृत गर्दै उनको सचिवालयले भन्यो।

विदेशमा रहेका नेपालीहरूको समस्या सम्बोधन नगरी देशले गति लिन नसक्ने प्रधानमन्त्रीले बताएका थिए।

कार्यक्रममा परराष्ट्रमन्त्री एनपी साउदले युगाण्डामा रहेका नेपालीहरूले देशको अवैतनिक राजदूतका रूपमा काम गरिरहेको बताउँदै नेपालीहरूले गर्ने हरेक क्रियाकलापसँग देशको विम्ब जोडिने भएकाले देशको प्रतिष्ठा बढाउने गरी काम गर्न आग्रह गरे।

कार्यक्रममा गैरआवासीय नेपाली संघ युगाण्डाका अध्यक्ष रमा अर्यालले आफ्नो देशको प्रधानमन्त्री लगायतका नेताहरू भेट्न पाउँदा अत्यन्तै खुसीका साथै अभिभाव भेटेको महसुस भएको बताइन्।

कार्यक्रममा गैरआवासीय संघका युगाण्डाका संरक्षक रमेश कँडेलले युगाण्डामा ३५० जनाभन्दा बढी नेपाली रहेको, विगत ३० वर्षदेखि नेपालीहरूले युगाण्डाको विकास निर्माण र व्यापार व्यवसायमा समेत राम्रो भूमिका निर्वाह गरिरहेको बताउँदै युगाण्डामा रहेका नेपालीहरूको अवस्थाबारे बताएका थिए।

More From Author

विश्वकप क्रिकेट आजदेखि यू–१९ एकदिवसीय

दुईजना १५ वर्षपछि पक्राउ बोक्सी भन्दै मान्छे मारेर भागेका

Leave a Reply

Your email address will not be published. Required fields are marked *