विश्वकप क्रिकेट आजदेखि यू–१९ एकदिवसीय

 

विश्वकप क्रिकेट आजदेखि यू–१९ एकदिवसीय

काठमाडौं : यू–१९ एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता शुक्रबार शुरु हुँदैछ। दक्षिण अफ्रिकामा हुने प्रतियोगिताको पहिलो खेलमा आयरल्याण्ड र अमेरिकाको टोलीबीच प्रतिस्पर्धा हुँदैछ ।

समूह ए का यी दुई टोलीबीचको खेल नेपाली समयअनुसार दिउँसो पौने २ बजे ब्लोएमफोन्टेनमा हुनेछ। यही समयमा हुने अर्को खेलमा दक्षिण अफ्रिका र वेस्ट इण्डिजबीच प्रतिस्पर्धा हुनेछ। पोट्चेफस्ट्रोममा हुने खेलमा समूह बी का दक्षिण अफ्रिका र वेस्ट इण्डिज भिड्न लागेका हुन्।

समूह डी मा रहेको नेपालले आफ्नो पहिलो खेलमा आइतबार दिउँसो १ बजे न्यूजिल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ। नेपालले प्रतियोगिता अघि भएका वार्मअप खेलमा राम्रो प्रदर्शन गरेको थियो।
 

More From Author

पाँच जनाको मृत्यु बितेको २४ घण्टामा सवारी दुर्घटनाबाट

प्रधानमन्त्रीले गरे युगाण्डामा रहेका नेपालीहरूसँग अन्तरक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *