एक युवतीको फोटो सार्वजनिक गर्ने पक्राउ गौशला-२६ भन्दै

एक युवतीको फोटो सार्वजनिक गर्ने पक्राउ गौशला-२६ भन्दै

 

 

बलात्कारी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेबाट पीडित भएकी युवती भन्दै  एक युवतीको ‍‍फोटो सार्वजनिक गर्नेलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा संखुवासभाको चिचिला गाउँपालिका-३ का ३२ वर्षीय केशरमान राई छन्। उनलाई प्रहरीको साइबर ब्युरोले संखुवासभाबाट आजै पक्राउ गरी काठमाडौं ल्याएको हो।

ब्युरो स्रोतका अनुसार उनीविरूद्ध सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।

उनीविरूद्ध बलात्कार पीडितको पहिचान सार्वजनिक गर्न कोशिस गरेको आरोपमा मुद्दा अगाडि बढाइने ब्युरो स्रोतले जनाएको छ।

एक युवतीले उनीविरूद्ध साइबर ब्युरोमा केही दिनअघि जाहेरी दिएकी थिइन्।

More From Author

४ जना पक्राउ काभ्रेमा युवतीमाथि सामूहिक बलात्कारको आरोपमा

मन्त्री किराँती: पर्यटन प्रवर्धनका लागि सम्पदा गाउँ निर्माण गर्दै छौँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *