४ जना पक्राउ काभ्रेमा युवतीमाथि सामूहिक बलात्कारको आरोपमा

४ जना पक्राउ काभ्रेमा युवतीमाथि सामूहिक बलात्कारको आरोपमा

 

 

 

 

काभ्रेमा १९ वर्षीया युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा ४ जना पक्राउ परेका छन्।

पुस २७ गते राति पाँचखाल नगरपालिका-७ शिखरपुरस्थित प्लटिङको झाडीमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा ४ जना पक्राउ परेको काभ्रे प्रहरी प्रवक्ता इन्स्पेक्टर धर्मेन्द्र अकौलियाले जानकारी दिए।

पक्राउ पर्नेमा उदयपुरको ताप्ली गाउँपालिका ८ घर भइ हाल पाँचखाल नगरपालिका ७ बस्ने २८ वर्षीय धिरज हमाल, भोजपुरको षडानन्द गाउँपालिका ८ घर भइ पाँचखाल ७ बस्ने घनश्याम श्रेष्ठ, धनकुटाको महालक्ष्मी नगरपालिका ४ घर भई हाल पाँचखाल ७ बस्ने १९ वर्षीय अमर बिक  र एक किशोर छन्।

उनीहरू मजदुर हुन्। पीडित युवती पनि उनीहरूसँगै काम गर्थिन्।

त्यस दिन काम सकेर मदिरा सेवन गरेर घर फर्किने क्रममा उनीहरूले ती युवतीलाई बलात्कार गरेका थिए।

‘सँगै काम गर्न जाँदा मदिरा सेवन गरेर सामूहिक बलात्कार भएको अनुसन्धानमा खुल्न आएको छ,’ प्रहरी निरीक्षक अकौलियाले भने।

आफूमाथि बलात्कार भएको हल्ला गाउँभरी फैलिएपछि युवती आत्महत्या प्रयास गर्दैगर्दा गाउँलेले बचाएका थिए।

त्यसपछि सामूहिक बलात्कारको घटना सार्वजनिक भएको थियो।

अहिले आरोपीहरूलाई पाँच दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको इन्स्पेक्टर अकौलियाले जानकारी दिए।

More From Author

सहकारीको बचत कहाँ पुग्यो रकम फिर्ता प्रक्रिया?

एक युवतीको फोटो सार्वजनिक गर्ने पक्राउ गौशला-२६ भन्दै

Leave a Reply

Your email address will not be published. Required fields are marked *