मन्त्री किराँती: पर्यटन प्रवर्धनका लागि सम्पदा गाउँ निर्माण गर्दै छौँ

मन्त्री किराँती: पर्यटन प्रवर्धनका लागि सम्पदा गाउँ निर्माण गर्दै छौँ

 

काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पर्यटन प्रवर्धनका लागि सरकारले सम्पदा गाउँ निर्माण अभियान शुरु गरेको बताएका छन्।

बुधवार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्। उनले नेपालमा पर्यटन प्रवर्धनका लागि ६० वटाभन्दा बढी पुराना गाउँको खोजी अघि बढाएको बताए। उनले पुराना गाउँ नयाँ पर्यटन गन्तव्य बन्ने बताए। उनले सांस्कृतिक गाउँ निर्माण, नयाँ सम्पदा निर्माण अघि बढाउन कार्यविधिको मस्यौदा तयार पारिसकेको दाबी गरे।

उनले आफूले मन्त्रालय सम्हालेको एक वर्ष पूरा भएपछि उच्चस्तरीय कार्यक्रमतिर प्रवेश गर्ने बताए। उनले पर्यटन ऐन, संस्कृति ऐन लगायतका थुप्रै नीति निर्माण गर्नुपर्ने भएकाले मन्त्रालयले अहिले ऐन निर्माणका लागि आवश्यक काम गरिरहेको बताए।

उनले भने, ‘हामीले आजभन्दा ३५ सय वर्षअघिका बस्ती कस्ता थिए ? त्यो सबैभन्दा पुरानो बस्ती लुम्बिनीमा थियो भन्ने प्रमाणित भइसकेको छ। हामीले सम्पदा गाउँ निर्माणका कुरा अघि बढाएका छौँ। पुरानो गाउँ खोजी, नयाँ पर्यटन गन्तव्य होस् भनेर ६० वटाभन्दा बढी पुराना गाउँको खोजी अघि बढाएका छौँ।’

मन्त्री किराँतीले ठूलो पर्यटन क्षेत्रमा फड्को मार्नसक्ने नयाँ नीति, नयाँ योजना र नयाँ कार्यक्रमसहित अब मन्त्रालय अघि बढ्ने दावी गरे।

 

More From Author

एक युवतीको फोटो सार्वजनिक गर्ने पक्राउ गौशला-२६ भन्दै

कुनै गुनासो नआउने गरी विदेश जानेहरूको काम गर्नुस् : प्रधानमन्त्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *