दुई जना पक्राउ तीन क्विन्टल गाँजासहित

दुई जना पक्राउ तीन क्विन्टल गाँजासहित

 

 

 

 

सुनसरी प्रहरीले ठूलो परिमाणमा गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार भारत तस्करी हुन लागेको तीन क्विन्टल गाँजा र दुई जनालाई आइतबार राति कोशी गाउँपालिका ६ कोशी कटानबाट नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेमा भारतीय नागरिक अरवीन्द कुमार र कोशी  गाउँपालिका ५ का मोहम्मद सागर मियाँ छन्।

को २ त ६८९० नम्बरको ट्याक्टरमा लोड गरेर भारत लैजाने क्रममा गाँजा बरामद गरिएको सुनसरी प्रहरी प्रमुख एसपी विपिन रेग्मीले जानकारी दिए।

८ वटा बोरामा राखिएको गाँजाका साना पोकाहरूमा पनि बरामद भएको प्रहरी भनाइ छ।

 

भोजपुरबाट सप्तकोशीको जलमार्ग हुँदै गाँजा सुनसरी ल्याइपुर्याएको प्रहरीको भनाइ छ।

ट्याक्टरमाथि बालुवा र तल गाँजा राखेर भारततिर लैजाँदै गरेको अवस्थामा प्रहरीले बरामद गरेको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार