बालुवाटारमा सुरु सत्ता गठबन्धनका चारदलकाे बैठक

बालुवाटारमा सुरु सत्ता गठबन्धनका चारदलकाे बैठक

काठमाडौं :  सत्ता गठबन्धन राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँटको टुंगो लगाउन जुटेको छ। गठबन्धन दलका नेताहरुबीच बालुवटारमा छलफल सुरु भएको हो।

अहिले कांग्रेस, माओवादी, जसपा र एकीकृत समाजवादीका नेताको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ।

गएराति अबेरसम्म बसेको बैठकमा सहमति नजिक पुगेको बताइएको छ। अन्तिम निर्णय गर्न आज फेरी बसेको हो।

बैठकमा प्रमुख दलहरूले बढी सिटमा दाबी गरेपछि टुंगोमा पुग्न नसकेको हो। बैठकमा कांग्रेसले ११, माओवादीले ६, एकीकृत समाजवादी र जसपाले ३–३, जनमत, लोसपा, नागरिक उन्मुक्तिले १–१ सिट दाबी गरेका छन्।

सातै प्रदेशमा पुस २३  गते भोलि उम्मेदवारी दर्ता गर्ने निर्वाचन कार्यतालिका छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार