पेन्सिलभेनियाको स्वातारा टाउनसिप आयुक्तमा विनिता पुरी राई विजयी

ह्यारिसबर्ग, पेन्सिलभेनिया — नोभेम्बर २०२५:
हालै सम्पन्न स्थानीय निर्वाचनमा विनिता पुरी राई स्वातारा टाउनसिपकी आयुक्त पदमा विजयी भएकी छन्। उनको यो जितले मध्य पेन्सिलभेनियामा बसोबास गर्ने भूटानी–नेपाली तथा दक्षिण एशियाली समुदायका लागि गर्व र प्रेरणाको स्रोत बनेको छ।

सामाजिक सेवा र सामुदायिक नेतृत्वमा लामो समयदेखि सक्रिय राईले आफ्नो चुनावी अभियानमा समावेशी नेतृत्व, पारदर्शिता, तथा समुदायको दिगो विकासलाई प्राथमिकता दिएकी थिइन्। उनले स्थानीय पूर्वाधार सुधार, युवाको सहभागिता विस्तार, र सबै वर्गका बासिन्दाको हितमा समान अवसर सुनिश्चित गर्ने प्रतिवद्धता जनाएकी थिइन्।

उनको विजयानन्तर स्थानीय समुदायमा उत्सवमय माहोल रहेको छ। विनिता पुरी राईको जित हाम्रो समुदायको अमेरिकी समाजमा बढ्दो सहभागिता, मेहनत र पहिचानको ज्वलन्त उदाहरण हो।राईको जितले यहाँको बहुसांस्कृतिक प्रतिनिधित्वमा नयाँ अध्याय थपेको छ।

नव–निर्वाचित आयुक्तका रूपमा विनिता पुरी राईले स्वातारा टाउनसिपको निर्णय प्रक्रियामा समुदायमुखी दृष्टिकोण, उत्तरदायित्वपूर्ण नेतृत्व र नयाँ सोच ल्याउने अपेक्षा गरिएको छ।

विजयपछि राईले आफ्नो प्रतिक्रिया दिँदै भनिन् —
“यो जित मेरो मात्र होइन, सम्पूर्ण समुदायको जित हो। म आफ्नो अभियानमा साथ र सहयोग गर्नुहुने सबै साथी, परिवार, समर्थकहरू र प्रायोजक (sponsors) प्रती हृदयदेखि आभार व्यक्त गर्दछु। आगामी दिनमा म सबैको विश्वास र अपेक्षालाई पूरा गर्न निरन्तर प्रयासरत रहनेछु।”

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार