
ह्यारिसबर्ग, पेन्सिलभेनिया —साहित्य परिषद् भूटानले आफ्नो ११औँ वार्षिक साहित्यिक सम्मेलन आगामी नोभेम्बर ८ तारिखका दिन अमेरिकी राज्य पेन्सिलभेनियाको राजधानी ह्यारिसबर्गमा आयोजना गर्ने तयारी पूरा गरेको छ। “साहित्य, संस्कृति र समुदाय” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यो सम्मेलनले भुटानी–नेपाली समुदायभित्र साहित्य र सिर्जनशीलताको नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।
साहित्य परिषद् भूटानका अध्यक्ष गङ्गा लामितारे (Ganga Lamitaray) का अनुसार, यो सम्मेलनले प्रवासमा बसोबास गरिरहेका स्रष्टा र पाठकबीच आपसी सम्बन्ध सुदृढ गर्ने र नेपाली भाषा तथा साहित्यको संरक्षण र प्रवर्द्धनमा सशक्त भूमिका खेल्नेछ। उनले भने, “हामी प्रवासमा पनि आफ्ना जरा भुल्न सक्दैनौं। नेपाली भाषा र साहित्य हाम्रो पहिचान हो। यो सम्मेलन हाम्रो साझा संस्कृतिको उत्सव हो।”
यो कार्यक्रमले नयाँ पुस्ताका युवाहरूमा लेखन र सिर्जनशीलता प्रति रुचि जगाउने उद्देश्य लिएको बताए। परिषद्ले हरेक वर्षजस्तै यसपटक पनि कविता, कथा, निबन्ध, नाटक, र साहित्यिक वाचन सत्रमार्फत विविध विधा प्रस्तुत गर्नेछ। साथै, प्रतिभाशाली स्रष्टाहरूलाई सम्मान र पुरस्कार प्रदान गरिने कार्यक्रम पनि रहनेछ।
सन् २०१५ देखि निरन्तररूपमा सञ्चालन हुँदै आएको साहित्य परिषद् भूटानले अहिलेसम्म शरणार्थी पुनर्वास भएका सबै देशहरूमा साहित्य परिषद्का च्याप्टरहरू स्थापना गरिएको छ र भाषा साहित्यको माध्यमबाट सबैलाई जोड्न आगामी वर्षहरूमा यूरोप,अस्ट्रल्लिया र न्युजिलैन्डमा पनि सम्मेलनको आयोजना गरिने योजना रहेको बताउनु भएको छ । समुदायलाई साहित्यिक रूपमा एकताबद्ध बनाउँदै आएको छ। परिषद्का अनुसार, यस पटकको सम्मेलनमा अमेरिका र क्यानडाबाट प्रतिनिधिहरू आउने भएको छ।
कार्यक्रममा कविता वाचन, गीत–सङ्गीत, नाट्य प्रस्तुति, पुस्तक विमोचन, र साहित्यिक छलफल जस्ता आकर्षक सत्रहरू रहनेछन्। साथै, नयाँ पुस्ताका लेखकहरूलाई आफ्नो लेखन प्रस्तुत गर्ने अवसर दिइनेछ, जसले प्रवासी युवामा सिर्जनशील सोच र सांस्कृतिक चेतना फैलाउनेछ।
भुटानी मूलका नेपालीहरूले प्रवासमा आफ्नो भाषा, संस्कृति र पहिचान जोगाइ राख्न यस्तो सम्मेलन अत्यन्तै महत्वपूर्ण ठहरिएको छ। यो सम्मेलनले विभिन्न देशमा रहेका भुटानी साहित्यकारहरूलाई एक मञ्चमा ल्याएर अनुभव, विचार र भावना साटासाट गर्ने अवसर प्रदान गर्नेछ।
कार्यक्रम 5620 Derry Street, Harrisburg, PA 17111, United States मा बिहान १०:३० बजे देखि बेलुका ५:३० बजे सम्म सञ्चालन हुनेछ। कार्यक्रममा अमेरिका लगायत विश्वभर छरिएका भुटानी–नेपाली साहित्यकार, कवि, लेखक, कलाकार, पत्रकार र सामाजिक अभियन्ताहरूको उपस्थिति रहनेछ।

88 पटक हेरिएको 

