स्थानीय निर्वाचनमा भुटानी–अमेरिकीहरूको ऐतिहासिक सहभागिता

अमेरिका-नोभेम्बर ४ मा अमेरिकाभर सम्पन्न स्थानीय निर्वाचनमा भुटानी–अमेरिकी समुदायका दुई सक्रिय सदस्यहरूले उम्मेदवारी दिएर समुदायको गौरव बढाएका छन्। पेन्सिलभेनियाको स्वटारा टाउनसिपका लागि डेमोक्रेटिक पार्टीकी उम्मेदवार बिनिता पुरी राई र ओहायोको रेनल्ड्सबर्ग काउन्सिल एट लार्जका लागि रिपब्लिकन उम्मेदवार कमल सुवेदी भुटानी मूलका अमेरिकी नागरिक हुन्, जो अहिले अमेरिकाको स्थानीय राजनीतिक जीवनमा समुदायको प्रतिनिधित्व गर्दै अघि बढिरहेका छन्।

दुई उम्मेदवारहरूको राजनीतिक यात्राले भुटानी–अमेरिकी समुदायको सहभागिता, जनसेवा र पहिचानप्रतिको प्रतिबद्धता झल्काउँने छ। बिनिता पुरी राईले आफ्नो अभियान मार्फत स्थानीय नीति, सुरक्षित र समावेशी समाज निर्माण, र समुदायबीच सहकार्यका विषयमा जोड दिँदै आउनुभएको छ। उता कमल सुवेदीले नेतृत्व, पारदर्शिता र नागरिक जिम्मेवारीका मूल्यहरूलाई प्राथमिकता दिँदै समुदाय र स्थानीय सरकारबीचको सम्बन्ध सुदृढ बनाउने लक्ष्य राख्नुभएको छ।

समुदायकाबाट हाम्रो भुटानी–अमेरिकी प्रतिनिधित्व हाम्रो राजनीतिक विश्वासभन्दा पनि धेरै महत्वपूर्ण व्यक्त गरेको छ। जब हामीका सदस्यहरू स्थानीय, राज्य वा संघीय स्तरका सार्वजनिक पदहरूमा देखिन थाल्छन्, हाम्रो आवाजले नीतिगत निर्णयहरूमा ठूलो प्रभाव पार्न थाल्छने छ।

भुटानी–अमेरिकी समुदाय अहिले शिक्षादेखि व्यवसाय, सामाजिक सेवादेखि राजनीतिसम्मका विभिन्न क्षेत्रमा अग्रसर हुँदैछ। यी उम्मेदवारहरूको सहभागिताले नयाँ पुस्ताका युवाहरूलाई नागरिक सचेतना, नेतृत्व र समुदायप्रतिको जिम्मेवारी बोधमा प्रेरित गरेको छ।

स्थानीय निर्वाचनमा बिनिता पुरी राई र कमल सुवेदीजस्ता व्यक्तित्वहरूको उम्मेदवारीले समुदायलाई गर्व मात्र दिएको छैन, यसले भविष्यमा भुटानी–अमेरिकीहरूको प्रतिनिधित्व अमेरिकी लोकतन्त्रको महत्वपूर्ण हिस्साको रूपमा स्थापित हुँदै जाने संकेत पनि दिएको छ।यो क्षण केवल राजनीतिक अभियान होइन यो पहिचान, सहभागिता र सम्भावनाको उत्सव हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार