
एक्रोन — चौथो संस्करणको ड्युरेबल फ्रीडम फाउन्डेसन ड्युरेबल फ्रीडम फाउन्डेसन भेट्रान्स प्रतियोगिताको खेल तालिका आयोजक समितिले सार्वजनिक गरेको छ। विभिन्न स्टेट तथा सहरका भेट्रान्स खेलाडीहरूको सहभागितामा हुने यो प्रतियोगिता आगामी अगस्ट ३० र ३१ मा रेनोल्ड्सबर्गस्थित सिभिक पार्कमा भव्य रूपमा सम्पन्न हुने ड्युरेबल फ्रीडम फाउन्डेसनका अध्यक्ष प्रकाश शर्मा गर्तौलाले बताउनु भयो।
वरिष्ठ फुटबल खेलाडीहरूबीचको यो रोमाञ्चक प्रतियोगिता अब अमेरिकामा फुटबलप्रतिको जोश, मित्रता र खेलभावना झल्काउने प्रमुख उत्सवका रूपमा स्थापित भइसकेको छ। गोल, गौरव र सद्भावनाले भरिएको रोमाञ्चक ड्युरेबल फ्रीडम फाउन्डेस ४५+ भेट्रान्स प्रतियोगिता पुनः एकपटक पुस्ताहरूलाई फुटबलमार्फत जोड्न तयारी अवस्थामा छ। यस प्रतियोगिताले खेलाडीदेखि समुदायका सदस्यसम्म सबैलाई जोड्ने पुलको काम गर्ने अपेक्षा गरिएको छ।
खेल तालिका अनुसार उद्घाटन खेलमा विभिन्न मैदानमा एकै समयमा विभिन्न टिमहरूबीच प्रतिस्पर्धा हुनेछ भने शीर्ष टोलीहरू अन्तिम चरणतर्फ अघि बढ्नेछन्। यसपटकको प्रतियोगितामा अनुभवी र युवावस्था पार गरेका खेलाडीहरूको उत्साहजनक सहभागिता रहने अपेक्षा गरिएको छ।
आयोजक समितिले खेल तालिका सार्वजनिक गर्दै सबैलाई खेलमैत्री भावना, खेलभावना र समुदायमा एकता बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जनाएको छ। साथै, दर्शक तथा समर्थकहरूलाई समयमै खेलमैदानमा उपस्थित भई आफ्ना मनपर्ने टोलीलाई उत्साह दिन आग्रह गरेको छ।चौथो संस्करणको यस प्रतियोगिताले खेलाडीदेखि समुदायका सदस्यसम्म सबैलाई जोड्ने पुलको काम गर्ने विश्वास लिइएको छ।

367 पटक हेरिएको 

