
तस्मानिया, अष्ट्रेलिया – अष्ट्रेलियन भुटानी सोसाइटी अफ नर्दर्न तस्मानिया इन्क (ए,बि,एस,एन,टी) ले आगामी कार्यकालका लागि आफ्नो नयाँ कार्यसमिति घोषणा गरेको छ। करिब २०० भन्दा बढी सदस्यहरू समेटिएको यस संस्थाले १९ जुलाई २०२५ मा निर्वाचन सम्पन्न गरी नयाँ नेतृत्व चयन गरेको छ।
सन् २०१० मा स्थापना भएको (ए,बि,एस,एन,टी) तस्मानियामा बसोबास गर्ने भुटानी मूलका अष्ट्रेलियालीहरूको साझा सांस्कृतिक र सामाजिक प्लेटफर्मका रूपमा चिनिन्छ। संस्थाले स्थापना कालदेखि नै समुदायको सांस्कृतिक पहिचानको संरक्षण, सामाजिक एकता, महिला सशक्तिकरण, खेलकुदको प्रवर्द्धन र सामुदायिक विकासका क्षेत्रमा सक्रिय योगदान दिँदै आएको छ।
नवनिर्वाचित पदाधिकारीहरू यसप्रकार छन्:अध्यक्ष – कर्मा द्रुक्पा,उपाध्यक्ष – अप्सना राई,सचिव – डोल मान राई,सह–सचिव – बुद्ध राई,कोषाध्यक्ष – सन मान राई,सह–कोषाध्यक्ष – अनमोल राई,पब्लिक अफिसर – मणि राई (मारेम्लुङ),सह–पब्लिक अफिसर – आनन्द खाती,सांस्कृतिक संयोजक – अन्जु प्रधान,सह–सांस्कृतिक संयोजक – बिकास राई,खेलकुद संयोजक – देपेन ए.वाई.,सह–खेलकुद संयोजक – भीम कुलुङ,महिला संयोजक – कला तामाङ र मिडिया संयोजक – बिक्रम सुब्बा
(ए,बि,एस,एन,टी) का अनुसार, आगामी वर्षमा संस्थाले तस्मानियामा बसोबास गर्ने भुटानी मूलका परिवारहरूको सहभागितामा विभिन्न सांस्कृतिक पर्व, खेलकुद प्रतियोगिता, सामुदायिक भेटघाट, महिला सशक्तिकरण तालिम, र स्थानीय अष्ट्रेलियाली समुदायसँगको सांस्कृतिक आदान–प्रदान कार्यक्रमहरू आयोजना गर्ने बताउनु भएको छ। साथै, संस्था प्रवासी भुटानीहरूको बीचमा आपसी सहयोग र सम्बन्ध सुदृढ गर्न रहेको छ।
संस्थाले विगतका वर्षहरूमा तस्मानियाको सामाजिक गतिविधिमा महत्वपूर्ण योगदान दिँदै आएको छ, जसमा वार्षिक सांस्कृतिक उत्सव, खेलकुद कार्यक्रम, भाषा कक्षा, आपतकालीन सहयोग र नयाँ बसोबास गर्ने परिवारहरूलाई सहयोगजस्ता गतिविधि प्रमुख रहेका छन्।
ए,बि,एस,एन,टी को नयाँ नेतृत्वले आफ्नो कार्यकालमा विगतका सफलताहरूलाई निरन्तरता दिँदै, अझ प्रभावकारी र दीर्घकालीन कार्यक्रमहरू अघि सार्ने प्रतिबद्धता जनाएको छ।

785 पटक हेरिएको 

