
अमेरिका/संयुक्त राज्य अमेरिकामा बसोबास गर्ने किरात धर्मावलम्बीहरूको साझा संस्था के.सि.ओ.ए. (किरात कम्युनिटी अर्गनाइजेशन अफ अमेरिका) द्वारा आयोजना गरिएको १०औं किरात राष्ट्रिय अधिवेशन २०२५ भव्य र सभ्य रूपमा जुलाई ४, ५ र ६ तारिखका दिन आयोवा राज्यको डेस मोइन्स सहरमा सम्पन्न भएको छ। देशभरि फैलिएका ३६ वटा किरात धार्मिक संस्थाहरू अन्तर्गतका विभिन्न राज्य र सहरहरूबाट आएका ५०० भन्दा बढी किरात धर्मावलम्बीहरूको सहभागिता यस अधिवेशनमा देखिएको थियो।

यस अधिवेशनले किरात धर्म, किरात सामाजिक मुन्धुम, संस्कार–संस्कृति, भाषा–लिपि, साहित्य र परम्पराको अभ्यास, संरक्षण, र प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ। किरात समुदायको एकता, धार्मिक चेतना, युवा पुस्तामा संस्कार र संस्कृति प्रतिको आस्था जगाउने अभिप्रायका साथ यस अधिवेशनको आयोजना गरिएको हो।

कार्यक्रमको उद्घाटन के,एस्,अाई (किरात सोसाइटी अफ आयोवा ) का अध्यक्ष श्री प्रकाश माङपाङले गर्नुभएको थियो। उनले कार्यक्रम सञ्चालनको जिम्मेवारी के.सि.ओ.ए. उपाध्यक्ष श्री जि.पी. दिलपाली, शिक्षा तथा खेल संयोजक श्री हरि योङ्वागो, र सचिव सुश्री मिरा लोरूङलाई हस्तान्तरण गर्नुभएको थियो। उद्घाटन कार्यक्रम दिप प्रज्वलन, माङ सेवा, माङ नारा, अमेरिकी राष्ट्रिय गान, र के,एस्,अाई आयोवा उपाध्यक्ष श्री मोहन फागोको स्वागत मन्तव्यसहित आरम्भ भएको थियो।

वार्षिक अधिवेशनको पहिलो सेसनमा के.सि.ओ.ए. अध्यक्ष श्री राजु इधिङ्गोको अध्यक्षतामा ३६ वटा किरात धार्मिक संगठनका प्रतिनिधिहरूले आफ्नो शहरहरूमा एक वर्षको अवधिमा हासिल गरेका उपलब्धिहरू, सामना गरेका चुनौतीहरू र तिनीहरूको समाधानको सम्भावनाबारे प्रतिवेदन प्रस्तुत गरेका थिए।
त्यसपछि दोस्रो सेसनमा के.सि.ओ.ए. निर्वाचन समिति (श्री बी.एम. खालिङ, श्री सुकमान सुहाङ, र श्री सी.आर. लेप्चा) को संयोजनमा २०२५–२०२८ कार्यकालको लागि नयाँ नेतृत्व चयन प्रक्रिया सुरु भयो। निर्वाचनमा २६ जना उम्मेदवार र सयौं मतदाताहरूको सक्रिय सहभागिता रहेको थियो। निर्वाचन पर्यवेक्षकको रूपमा के.सि.ओ.ए. प्रमुख सल्लाहकार डि.जे. खलिङ, डा. नरेश लाओती, र श्री धोजवीर राई ज्यूहरू रहनुभएको थियो।
निर्वाचन परिणाम अनुसार नयाँ केन्द्रीय कार्यसमिति (के.सि.ओ.ए. कार्यकाल २०२५–२०२८ मा चयन भएका सदस्यहरू अध्यक्ष आश बहादुर आङ्देम्बे (एक्रोन, ओहायो),उपाध्यक्ष जि.पी.दिलपाली (युटा)
कोषाध्यक्ष सञ्चा राज लिङ्देन (एक्रोन, ओहायो)सचिव याम राई(केन्टकी)अन्य सदस्यहरूमा के.के. सोङमेन (भर्मन्ट), हर्क दुङमाली (म्यासाचुसेट्स), डि.के. याम्फु (कोलम्बस, ओहायो), डम्बर चामलिङ (सिनसिनाटी, ओहायो), मनि खालिङ (कोलोराडो), अम्बर राना साम्पाङ (पिट्सबर्ग, पेन्सिलभेनिया), ललिता योङ्वागो (ह्यारिसबर्ग, पेन्सिलभेनिया), सुर्ज सामसुहाङ (नेब्रास्का), हेम राजालिम (एक्रोन, ओहायो), हर्क धोज मादेन (एक्रोन, ओहायो), र फुल माया साबा राई (ओरेगन) रहनुभएको छ।
कार्यक्रम अत्यन्तै सफल र ऐतिहासिक बन्नुमा होस्ट संस्था किरात सोसाइटी अफ आयोवा (के,एस्,अाई), यसको सम्पूर्ण टिम, सल्लाहकारहरू, तुम्याहाङहरू, ३६ किरात धार्मिक संगठनहरू, स्वयंसेवकहरू, विशेष दाताहरू, मिडियाकर्मीहरू, प्राविधिक टिम तथा सम्पूर्ण सहभागीहरूको अथक परिश्रम र योगदान रहेको कुरा आयोजक संस्था के.सि.ओ.ए. ले उल्लेख गरेको छ। साथै महागुरु फाल्गुनन्द, वर्तमान धर्मगुरु आत्मनन्द “सेईङ” र गुरु माता साँवा पवित्र हाङमा लिङ्देनप्रति श्रद्धा अर्पण गर्दै कार्यक्रम समापन गरिएको थियो।

445 पटक हेरिएको 

