
हङकङ, २०२५ – नेपाली भाषी क्रिस्चियन अगुवाहरूको अन्तर्राष्ट्रिय संगठन ग्लोबल नेपाली स्पिकिङ क्रिस्चियन फेलोशिप (GNSCF) ले आगामी २२ अप्रिलदेखि २५ अप्रिल २०२५ सम्म हङकङमा पाँचौं नेतृत्व सम्मेलन आयोजना गर्ने भएको छ।
सन् २०१६ मा स्थापित यस फेलोशिपको उद्देश्य विश्वभर फैलिएका नेपाली भाषी क्रिस्चियन अगुवाहरूलाई जोड्ने, सक्षम बनाउने र प्रशिक्षित गर्ने रहेको छ। यसैक्रममा, हरेक दुई वर्षमा भिन्न-भिन्न देशमा नेतृत्व सम्मेलन आयोजना गर्दै आएको छ। यसअघि, २०१۷ मा भारतको सिलिगुडी, २०१৯ मा नेपालको काठमाडौं, २०२२ मा भारतको सिक्किम, र २०२३ मा थाइल्याण्डको बैंकक मा सम्मेलन सम्पन्न भइसकेको छ।
यी सम्मेलनहरू मार्फत विश्वभर ४० वटा देशका नेपाली भाषी क्रिस्चियन चर्चहरू सँग सम्बन्ध स्थापित गरिएको छ। पाँचौं सम्मेलन ऐतिहासिक हुने विश्वास गर्दै GNSCF ले विश्वभरका चर्च अगुवाहरूलाई सहभागिताका लागि हार्दिक निमन्त्रणा गरेको छ।
फेलोशिपले सबै नेपाली भाषी क्रिस्चियन अगुवाहरूलाई यस ऐतिहासिक सम्मेलनमा सहभागी भई विश्वव्यापी मण्डलीलाई एकताबद्ध गर्न आग्रह गरेको छ। आयोजकहरूका अनुसार, सहभागीहरूसँग अनुभव आदान-प्रदान, नेतृत्व विकास प्रशिक्षण, तथा प्रभु येशू ख्रीष्टको महा-अभियोग पूरा गर्ने मार्गदर्शनका विषयमा गहन छलफल हुनेछ।
यस ऐतिहासिक अवसरमा सहभागी भई नेपाली भाषी क्रिस्चियन समुदायको सशक्तिकरणमा योगदान पुर्याउन आयोजकले सबैलाई अनुरोध गरेको छ।