साधना नेपाली संगीतलयको उद्घाटन भव्य रूपमा सम्पन्न

ओहायो, कोलम्बस
आज नेपाली संगीतप्रेमीहरूका लागि विशेष दिन रह्यो, जसअन्तर्गत साधना नेपाली संगीतलय को उद्घाटन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। नेपाली संगीत र साहित्यप्रति समर्पित यो संगीतलयले नेपाली कला, संस्कृति र संगीतलाई अझ प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।


कार्यक्रममा विशेष अतिथि साहित्यकार गंगाराम लामिटारे, सिटी काउन्सिल सदस्य भुवन प्याकुरेल, ढक रसाइली, साथै मेडिना होम केयरका प्रतिनिधिहरू, अभिभावक, बालबालिका, संगीतप्रेमी र साहित्यप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा अतिथिहरूले नेपाली संगीतको समृद्धिका लागि यस कोलम्बसको भूमिका महत्वपूर्ण रहने विश्वास व्यक्त गरे।

कार्यक्रमको सञ्चालन आर.बी. खड्काले गरेका थिए। विभिन्न अतिथिहरूले गायक, संगीतकार तथा गीतकार साथै साधना नेपालीलाई शुभकामना दिँदै संगीतलयका गुरु अर्जुन रसाइलीलाई विशेष बधाई ज्ञापन गरे। साधना नेपाली संगीतलय को स्थापना सन् २०१३ मा अर्जुन रसाइलीले गरेका हुन्, जसले नेपाली संगीत क्षेत्रमा नयाँ प्रतिभाहरूलाई उद्यक गर्नेहर तथा संगीत साधनामा अभिप्रेरित गर्ने काम गर्दै आएका छ।

कार्यक्रममा उपस्थित अतिथिहरूले नेपाली संगीतको महत्व र यसको प्रवर्द्धनका लागि संगीतलयले खेल्ने भूमिकाबारे चर्चा गरे। साथै, नेपाली कला र संस्कृतिलाई अन्तर्राष्ट्रिय रूपमा चिनाउने अभियानमा साधना नेपाली संगीतलय ले ठूलो योगदान पुर्‍याउने विश्वास व्यक्त गरियो।

यस अवसरमा संगीतप्रेमीहरूबीच विशेष छलफल र साङ्गीतिक माहोल पनि देखियो। कार्यक्रममा सहभागीहरूले संगीतलयको सफलताको शुभेच्छा व्यक्त गर्दै नेपाली संगीतको उज्ज्वल भविष्यको कामना गरे।

More From Author

मेरो भ्वाइस’ र ‘मेरो डान्स युनिभर्स’ को अडिशनको तयारीका लागि अध्यक्ष अधिकारी बिर्तामोडमा

सि.एम निरौलाको चिहानबाट चिन्तन विमोचन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *