वरिष्ठ संगीतकार सुशीलकुमार विश्वकर्माको सांगीतिक योगदान र स्क्रान्टनमा आयोजित विशेष सम्मान

स्क्रान्टन, पेन्सिलभेनिया — नेपाली सुगम तथा लोक संगीतका विशिष्ट व्यक्तित्व, वरिष्ठ बाँसुरीवादक, संगीतकार एवं संगीत संयोजक सुशीलकुमार विश्वकर्माको सम्मानमा अमेरिकाको पेन्सिलभेनियास्थित स्क्रान्टन सहरमा एक भव्य सांगीतिक कार्यक्रम सम्पन्न भएको छ। 


संक्षिप्त जीवनी र सांगीतिक योगदानविक्रम संवत् २०४१ देखि रेडियो नेपालका स्थायी संगीतकार तथा कलाकारका रूपमा समर्पित रहनुभएका विश्वकर्माले हजारौँ लोकप्रिय नेपाली गीतहरूमा आफ्नो सुमधुर बाँसुरीको धुन भर्नुभएको छ। नेपाली संगीत क्षेत्रमा पुर्‍याउनुभएको विशिष्ट योगदानको कदरस्वरूप उहाँ प्रतिष्ठित ‘नारायणगोपाल युवा संगीत पुरस्कार’ लगायत थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानहरूबाट विभूषित भइसक्नुभएको छ। उहाँको बाँसुरी वादन, संगीत सिर्जना र संयोजनले नेपाली संगीतको श्रीवृद्धिमा महत्त्वपूर्ण भूमिका खेलेको छ। 

स्क्रान्टनको भव्य सांगीतिक कार्यक्रम
‘स्कार्टन म्युजिकल आर्टिष्ट’ र ‘म्युजिकल यात्रा इन्टरटेनमेन्ट’ को संयुक्त आयोजनामा गत शनिबार, अक्टोबर १७, २०२६ मा “जीवन्त अग्रज सुशीलप्रति सम्मान” शीर्षकमा आयोजित सांगीतिक कार्यक्रम सफलताका साथ सम्पन्न भयो। 

‘भुटानीज कम्युनिटी अफ स्क्रान्टन’ र ‘युनिभर्सिटी अफ स्क्रान्टन’ को विशेष सहयोगमा सम्पन्न सो कार्यक्रममा भुटानीज कम्युनिटी अफ स्क्रान्टनका अध्यक्ष कृष्ण राई प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।कार्यक्रममा स्क्रान्टन वरपरका स्थानीय कलाकारहरूले वरिष्ठ संगीतकार विश्वकर्माद्वारा संगीतबद्ध तथा वादन गरिएका चर्चित गीतहरू प्रस्तुत गरी उपस्थित दर्शकहरूलाई मन्त्रमुग्ध बनाएका थिए। 

कार्यक्रमको समापनमा प्रस्तुति दिने सम्पूर्ण कलाकारहरूलाई वरिष्ठ बाँसुरीवादक सुशीलकुमार विश्वकर्मा स्वयम्‌को हातबाट सम्मानपत्र प्रदान गरिएको थियो। साथै आयोजक टोलीका तर्फबाट उहाँलाई खादा तथा दोसल्ला ओढाएर विशेष सांगीतिक सम्मान व्यक्त गरिएको थियो।

More From Author

चाडपर्वको रौनकतामा नयाँ प्रयोग: रायन शर्माको शब्द र संगीतमा दशैँ-तिहार गीत

Leave a Reply

Your email address will not be published. Required fields are marked *