चाडपर्वको रौनकतामा नयाँ प्रयोग: रायन शर्माको शब्द र संगीतमा दशैँ-तिहार गीत

ओहायो-बडादसैँ तथा तिहारको पावन अवसरलाई लक्षित गर्दै बिल्कुलै नयाँ र पृथक् शैलीको नेपाली चाडपर्व गीत सार्वजनिक भएको छ। परम्परागत चाडपर्वको भाकालाई अनौठो र आकर्षक ‘रेगे’ (Reggae) बिटमा ढालेर नयाँ ऊर्जा थप्ने प्रयास गरिएको यस गीतमा रायन शर्माको शब्द, संगीत तथा गायन रहेको छ।

अमेरिकामा आफ्नो व्यावसायिक क्षेत्रमा सफल पहिचान बनाउनुभएका श्री रायन शर्मा जी ईन्ट्र मोरगेजमा मुख्य रणनीति अधिकृत तथा वरिष्ठ ऋण अधिकृतका रूपमा कार्यरत हुनुहुन्छ। घर खरिद गर्न चाहनेहरूलाई मोर्गेज तथा होम लोन सेवामार्फत सहयोग पुर्‍याउँदै आउनुभएका उहाँ एक कुशल व्यवसायी मात्र नभई प्रतिभाशाली गायक तथा संगीतकार पनि हुनुहुन्छ।

यस गीतमा रायन शर्मालाई गायिका जुनु प्रसाईंले सुमधुर स्वरमा साथ दिएकी छन्। त्यसैगरी बालकलाकार सुदेशना शाक्य र संस्कार शाक्यको स्वरले गीतलाई अझ जीवन्त र बालसुलभ मिठास थपेको छ। साहस शाक्यको उत्कृष्ट संगीत संयोजन रहेको यस गीतको ध्वनि मिश्रण तथा मास्टरिङ चन्द्र चौधरीले गरेका हुन्। एकोस्टिक नेपाल स्टुडियोमा रेकर्ड गरिएको यस गीतमा रेकर्डिङ मेन्टर पोल जी (सितम) र रेकर्डिस्ट दिल समर्पण रहेका छन्।

गीतको भिडियोमा नेपालका दिग्गज तथा चर्चित कलाकारहरूको दमदार अभिनय र नृत्य हेर्न पाइन्छ। वरिष्ठ अभिनेता सरोज खनाल, सूर्यमाला खनाल, सलोन बस्नेत, करिश्मा केसी बस्नेत, तनुजा राना मगर, बालकलाकार नूर स्याङ्बो, आशिका गौतम, अशोक विक्रम ठकुरी र रोशन खाती लगायतका कलाकारहरूले भिडियोमा चाडपर्वको रौनकता र रमाइलो दृश्य सिर्जना गरेका छन्।

सुरेन्द्र राईको उत्कृष्ट निर्देशनमा तयार भएको यस भिडियोमा नवराज उप्रेतीको छायांकन, सुभानी मोक्तानको पहिरन डिजाइन, बिमला तामाङको शृङ्गार र कृष्णमान तामाङको कला निर्देशन रहेको छ। भिडियोको सह-निर्देशन युवराज गुरुङ र कास्टिङ निर्देशन सञ्जोग रसाइलीले गरेका हुन्।
दसैँ र तिहारको माहोलमा सबै उमेर समूहका मानिसहरूलाई एकै ठाउँमा ल्याएर नाच्न र रमाउन प्रेरित गर्ने यो रेगे बिटको चाडपर्व गीतले यतिबेला दर्शक तथा श्रोताको व्यापक मन जितिरहेको छ।

More From Author

लभ एन्ड सपोर्ट फाउन्डेसनद्वारा आयोजित समारोहमा शम्भुजित बाँस्कोटा, पेमा लामा र आगम गुरुङ सम्मानित; ‘फर्केर हेर्दा’ पुस्तक विमोचनसँगै तीन नयाँ गीत सार्वजनिक

वरिष्ठ संगीतकार सुशीलकुमार विश्वकर्माको सांगीतिक योगदान र स्क्रान्टनमा आयोजित विशेष सम्मान

Leave a Reply

Your email address will not be published. Required fields are marked *