नक्कली डाक्टर पक्राउ काठमाडौंबाट

नक्कली डाक्टर पक्राउ काठमाडौंबाट

 

 

 

प्रहरीले नक्कली डाक्टरलाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नक्कली डाक्टरको आरोपमा ४० वर्षीय सम्बुद्ध भट्टाचार्यलाई नियन्त्रणमा लिएको हो।

कार्यालयका एसपी रवीन्द्र रेग्मीका अनुसार भट्टाचार्यलाई सोमबार नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार भट्टाचार्यले धौलागिरि पोलिक्लिनिक सञ्चालन गर्दै आएका थिए। भट्टाचार्य मोरङको विराटनगर महानगरपालिका वडा नम्बर २ का हुन्।

उनले अहिलेसम्म ४० जना बिरामीलाई उपचार गराएको प्रारम्भिक बयान दिएका छन्।

उनले चीनबाट एमबिबिएस गरेको र शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत रहेको बताउने गरेका थिए। प्रहरीका अनुसार उनले विदेश जाने व्यक्तिको मेडिकल रिपोर्टसमेत बनाउने गरेका थिए।

nakkali-doc-1705908519.jpg
उनले नक्सालस्थित ‘वी केयर’ मा पनि काम गर्ने गरेको बताएको प्रहरीले जनाएको छ।

उनले नेपाल मेडिकल काउन्सिलको नक्कली दर्ता प्रमाण पत्र देखाएर पोलिक्लिनिक सञ्चालन गर्दै आएका थिए। उनले यस्तो काम गरेको तीन वर्ष भएको पनि बयान दिएका छन्।

उनीमाथि प्रहरीले इलाजसम्बन्धी र लिखतसम्बन्धी कसुरमा मुद्दा चलाउने प्रहरीको तयारी छ।

More From Author

मधेसका मयन यादवले प्रहार गरे शतक प्रधानमन्त्री कपमा

बागमती प्रदेशले ११ सय कर्मचारीका लागि पाँचौं तहमा माग्यो दरखास्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *