मृत फेला एक महिला झापामा

मृत फेला एक महिला झापामा

 

 

झापामा एक जना महिलाको शव फेला परेको छ।

सोमबार बिहान अन्दाजी ६ बजे अर्जुनधारा नगरपालिका-६ बिहानीटोलमा ५० वर्षीया महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले जानकारी दिए।

मृतक इलाम माई नगरपालिका-१ महमाई कलकत्ते माइती भई बिर्तामोड नगरपालिका-५ मा बस्ने ५० वर्षीया माया मगर छिन्।

उनको टाउकोमा ढुंगाले हिर्काएको जस्तो चोट लागेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ।

महिला मृत फेला परेपछि इलाका प्रहरी कार्यालय अनारमनिबाट प्रहरी नायब उपरीक्षक (डिएसपी) सुरज कार्कीको कमाण्डमा टोली खटिएको छ। प्रहरीका अनुसार घटना शंकास्पद देखिएको छ।

कोशी प्रदेश प्रहरी केनाइन शाखा धरानबाट तालिम प्राप्त कुकुरसहितको टोली खटिएको छ। प्रहरीले मुचुल्काको काम गरिरहेको छ।

More From Author

पढ्न बञ्चित हुने डर दश हजार जोहो नहुँदा एमबिबिएस

युरो बढ्यो, डलरको मूल्य स्थिर

Leave a Reply

Your email address will not be published. Required fields are marked *