युरो बढ्यो, डलरको मूल्य स्थिर

 45 पटक हेरिएको

युरो बढ्यो, डलरको मूल्य स्थिर

 

नेपाल राष्ट्र बैंकले सोमबारको लागि विनिमय दर सार्वजनिक गरेको छ।

आज अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ६१ पैसा र बिक्रीदर १३३ रूपैयाँ २१ पैसा तोकिएको छ। राष्ट्र बैंकले डलरको खरिद-बिक्रीदर आइतबारकै कायम गरेको हो।

आज युरोपियन युरोको भाउ भने बढेको छ। युरो एकको खरिदमा सोमबार १४४ रूपैयाँ ५२ पैसा र बिक्रीमा १४५ रूपैयाँ १७ पैसा पाइन्छ। आइतबार एक युरोको खरिददर १४४ रूपैयाँ ४० पैसा र बिक्रीदर १४५ रूपैयाँ ०५ पैसा तोकिएको थियो।

सोमबार अष्ट्रेलियन डलर एकको खरिदमा ८७ रूपैयाँ ५० पैसा र बिक्रीमा ८७ रूपैयाँ ८९ पैसा पाइन्छ। क्यानेडियन डलर एकको खरिदमा ९८ रूपैयाँ ७४ पैसा र बिक्रीमा ९९ रूपैयाँ १९ पैसा पाइन्छ।

कतारी रियाल एकको खरिदमा भने आज ३६ रूपैयाँ ३८ पैसा र बिक्रीमा ३६ रूपैयाँ ५४ पैसा पाइन्छ। राष्ट्र बैंकले सोमबारको लागि साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ३६ पैसा र बिक्रीदर ३५ रूपैयाँ ५२ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा भने आज ३६ रूपैयाँ १० पैसा र बिक्रीमा ३६ रूपैयाँ २७ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा २८ रूपैयाँ ११ पैसा र बिक्रीमा २८ रूपैयाँ २४ पैसा पाइन्छ।

आज कुवेती दिनार एकको खरिदमा भने ४३० रूपैयाँ ९० पैसा र बिक्रीमा ४३२ रूपैयाँ ८५ पैसा पाइन्छ। बहराइन दिनार एकको खरिददर सोमबारको लागि ३५१ रूपैयाँ ७५ पैसा र बिक्रीदर ३५३ रूपैयाँ ३४ पैसा तोकिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार