एकजनाको मृत्यु मोटरसाइकल दुर्घटना हुँदा

एकजनाको मृत्यु मोटरसाइकल दुर्घटना हुँदा

 

 

 

पाल्पा : पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा रम्भा गाउँपालिका-१ असेर्दीका २८ वर्षीय हेमन्त जिटी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक श्रीराम भट्टले बताए।

पिपलडाँडाबाट हुँगीतर्फ जाँदै गरेको ग१४प ३७५ नम्बरको मोटरसाइकल सोही वडाको भुमरस्थित कालीगण्डकी नदी किनारमा खसेर दुर्घटना भएको हो।

गएराति करिब १० बजे दुर्घटना भएको हो। उनको घटनास्थलमै मृत्यु भएको भट्टले बताए। मोटरसाइकल कालीगण्डकी कोरिडोट भन्दा अन्दाजी २०० मिटर तल खसेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

More From Author

पशु चिसोबाट जोगाउन किसानलाई समस्या

देउवाको उडान ९ बजे ,सभापति देउवासहितका नेताले आज पर्वतमा सम्बोधन गर्दै

Leave a Reply

Your email address will not be published. Required fields are marked *