देउवाको उडान ९ बजे ,सभापति देउवासहितका नेताले आज पर्वतमा सम्बोधन गर्दै

देउवाको उडान ९ बजे ,सभापति देउवासहितका नेताले आज पर्वतमा सम्बोधन गर्दै

पर्वत : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहितका नेताहरूले सोमबार पर्वत सदरमुकाम कुश्मा बजार स्थित लोकतान्त्रिक चोकमा सम्बोधन गर्दै छन्।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति पर्वतको आयोजनामा हुन लागेको दोस्रो जिल्ला सम्मेलनको अवसर पारेर केन्द्रीय नेताहरूबाट सम्बोधन गर्ने कार्यक्रम तय भए अनुसार सभापति देउवा बाहेकका नेताहरू सदरमुकाम कुश्मा बजार आइपुगेका छन्।

सोमबार बिहान ११ बजेदेखि हुने कार्यक्रममा सम्बोधन गर्नका लागि केन्द्रीय सदस्य एवं पूर्व महामन्त्री शशाङ्क कोइराला, केन्द्रीय सदस्य चन्द्र भण्डारी, केन्द्रीय सदस्य उर्मिला थपलिया आइतबार साँझ नै कुश्मा आएर बसेका नेपाली कांग्रेस पर्वतका सचिव गुप्तनीधि शर्माले बताए।

सभापति देउवा भने बिहान नौ बजे काठमाडौंबाट जहाजमार्फत पोखरा आएपछि त्यहाँबाट कुश्मासम्म सडक मार्गबाट आउने कार्यक्रम छ। कार्यक्रममा सम्बोधन गर्नकै लागि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे पनि पोखराबाट कुश्मा आउनेछन्।

सम्मेलनको उद्घाटन सत्रमा सभापति देउवा सहित कोइराला, भण्डारी, पाण्डे, केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशी र अर्की केन्द्रीय सदस्य अर्यालले सम्बोधन गर्ने कार्यक्रम छ। कार्यक्रमका लागि सबै तयारीहरू पूरा भएका सचिव शर्माले बताए।

सम्मेलनमा जिल्ला कार्यसमिति, नगर तथा गाउँ, प्रदेश तथा वडा स्तरका कार्यसमितिका पदाधिकारी, सदस्य, जनप्रतिनिधि, पार्टीका विभिन्न भातृ तथा शुभेच्छुक संस्थाका प्रमुख तथा प्रतिनिधिहरू सहभागी हुँदै छन्।

बन्द सत्रमा जिल्ला सभापति युवराज जोशीले राजनीतिक प्रतिवेदन, सचिव गुप्तनिधी शर्मा र अशोक उचै ठकुरीले साङ्गठनिक तथा प्रगति प्रतिवेदन र कोषाध्यक्ष हेम शर्मा पौडेलले आर्थिक प्रतिवेदन पेस गर्ने छन्। यस बाहेक वार्षिक समीक्षा र वार्षिक कार्ययोजना उपर छलफल गरी पार्टीको अवस्थालाई थप चलायमान बनाउने गरी सम्मेलनले योजना तय गर्ने छ।

 

More From Author

एकजनाको मृत्यु मोटरसाइकल दुर्घटना हुँदा

आत्मनिर्भर बनेका डम्बर सर पशुपालनबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *