रूपन्देहीका पालिका विद्यालयमा जाडो बिदा दिँदै

रूपन्देहीका पालिका विद्यालयमा जाडो बिदा दिँदै

 

 

 

अत्यधिक चिसो बढेपछि रूपन्देहीका स्थानीय तहले विद्यालयमा जाडो बिदा दिन सुरू गरेका छन्।

बुटवल उपमहानगरपालिकाले शुक्रबार सूचना जारी गर्दै आइतबार देखि तीन दिन जाडो बिदा दिएको छ। यस्तै तिलोत्तमा र सिद्धार्थनगर नगरपालिकाले पनि जाडो बिदा दिएका छन्।

तिलोत्तमाका शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले आइतबार सूचना जारी गर्दै नगर भित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा माघ ८ गतेदेखि १० गतेसम्म तिन दिन जाडो बिदा दिएको बताए।

आचार्यले बिदा अवधिमा हुने राष्ट्रपनि रनिङ शिल्ड प्रतियोगिता भने यथावत समयमै संचालन हुने जानकारी दिए।

सिद्धार्थनगरले माघ ७ गतेदेखि १२ गतेसम्म ६ दिन जाडो बिदा दिएको छ।

पछिल्ला केही दिन यता रूपन्देहीमा बाक्लो हुस्सु र शीतलहर चलेका कारण अत्यधिक चिसो बढेर विद्यार्थीको स्वास्थ्यमा असर पर्ने सक्ने भन्दै बिदा दिन थालिएको हो।

More From Author

एकपछि अर्को भाका मन्त्रिपरिषद् विस्तारमा

नेप्से २५ अंकले घट्यो, बैंक नाफा घटेपछि सेयर बजारमा प्रभाव

Leave a Reply

Your email address will not be published. Required fields are marked *