नेप्से २५ अंकले घट्यो, बैंक नाफा घटेपछि सेयर बजारमा प्रभाव

नेप्से २५ अंकले घट्यो, बैंक नाफा घटेपछि सेयर बजारमा प्रभाव

साताको पहिलो कारोबार दिन सेयर बजार परिसूचक नेप्सेमा ह्रास आएको छ।

आइतबार समग्र परिसूचक २५.६३ अंकल ओरालो लागेको हो।

अघिल्लो कारोबार दिनको तुलनामा १.१८ प्रतिशले नेप्सेमा गिरावट आउँदा दुई हजार १३० अंकमा सूचक झरेको छ।

अधिकांश बैंकहरूको खराज कर्जामा सुधार नआएको र नाफा घटेको कारण यसको प्रभाव सेयर बजारमा देखिएको हो।

‘क’ वर्गका कम्पनीहरूको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ७.४१ अंकले घटेर ३८६.२० अंकमा झरेको छ।

यसदिन ३०८ वटा ऋणपत्र तथा धितोपत्रको कारोबार हुँदा ९० वटाको मूल्य बढेको छ। त्यस्तै, २०२ वटाको मूल्य घटेको छ भने १६ वटाको मूल्य स्थिर छ।

यस दिन कारोबार रकम भने सात अर्ब ६७ करोड ७७ लाख ४० हजार रूपैयाँ बराबरको भएको छ।

More From Author

रूपन्देहीका पालिका विद्यालयमा जाडो बिदा दिँदै

भोलि राजविराजमा राम मन्दिरको प्राण प्रतिष्ठाका अवसरमा बिदा

Leave a Reply

Your email address will not be published. Required fields are marked *