चक्कु प्रहार ६५ वर्षीय वृद्धमाथि

चक्कु प्रहार ६५ वर्षीय वृद्धमाथि

 

दाङमा ६५ वर्षीय वृद्धमाथि चक्कु प्रहार भएको छ।

बबई गाउँपालिका-२ का ६५ वर्षीय टीका खत्री गम्भीर घाइते भएका छन्। उनीमाथि ६० वर्षीय पर्शाराम खत्रीले चक्कु प्रहार गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुरप्रसाद पोखरेलले जानकारी दिए।

गएराति १० बजेतिर बाटोमा हिँडिरहेका टीकालाई पर्शारामले बाँया कोखामा चक्कु प्रहार गरेर फरार भएको डिएसपी पोखरेलले जानकारी दिए।

घाइते टीकालाई राति ११ बजे तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि ल्याइएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि राति नै बाँकेको कोहलपुर मेडिकल कलेजका लागि रिफर गरिएको थियो।

चक्कु प्रहार गरी फरार रहेका पर्शारामलाई आइतबार बिहान मात्रै नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय खिलतपुरले नियन्त्रणमा लिएको छ।

डिएसपी पोखरेलका अनुसार पुरानो रिसिबीका कारण पर्शारामले टीकामाथि चक्कु प्रहार गरेको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ।

यसबारे थप अनुसन्धान हुन भइरहेक डिएसी पोखरेलले जानकारी दिए।

 

More From Author

अध्ययनरत दुई विद्यार्थीको मृत्यु मोटरसाइकल दुर्घटनामा एमबीबीएस

यी प्रदेशमा हिमपातको सम्भावना आजको मौसम

Leave a Reply

Your email address will not be published. Required fields are marked *