१४ जनाको मृत्यु गुजरातमा डुङ्गा पल्टिँदा

 

१४ जनाको मृत्यु गुजरातमा डुङ्गा पल्टिँदा

भारतको गुजरातमा बिहीबार डुङ्गा पल्टिँदा १४ जनाको मृत्यु भएको छ। बडोदराको हरनी तालमा डुंगा पल्टिँदा १२ विद्यार्थी र दुई शिक्षकको ज्यान गएको हो।

बीबीसीका अनुसार ६ जना बेपत्ता छन्। सात जनालाई उद्धार गरेर अस्पताल भर्ना गरिएको छ। स्थानीय प्रहरीका अनुसार डुङ्गामा २७ जना थिए।

प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई दुई लाख र घाइतेलाई ५० हजार रुपैयाँ राहत दिने घोषणा गरेका छन्।

More From Author

दुईजना १५ वर्षपछि पक्राउ बोक्सी भन्दै मान्छे मारेर भागेका

रौतहटमा स्यालको टोकाइबाट एक दर्जन मानिस घाइते

Leave a Reply

Your email address will not be published. Required fields are marked *