फिरौती १५ लाख माग्ने तीनजना पक्राउ

फिरौती १५ लाख माग्ने तीनजना पक्राउ

 

 

 

ज्यान मार्ने धम्की दिँदै फिरौती माग्ने तीनजना पक्राउ परेका छन्।

प्रहरीले भरतपुर महानगरपालिका–२१ का २७ वर्षीय सरोज सुनार, वडा नं १ का २६ वर्षीय दीपक विक र वडा नं २६ का २५ वर्षीय सागर विकलाई पक्राउ गरेको हो।

अभियुक्तहरूले रुपन्देही घर भई हाल भरतपुर महानगरपालिका–१ मा व्यापार गर्ने करन गुप्तालाई अपरिचित एनसेल नम्बरबाट फोन गरी धम्की दिँदै आएका थिए।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीका अनुसार उनीहरुलाई आपराधिक षड्यन्त्र मुद्दामा म्याद थप गरी अनुसन्धान थालिएको छ।

More From Author

हातपात, एक जना पक्राउ बागलुङमा दुर्गा प्रसाईंमाथि

रवि लामिछानेविरूद्ध नेविसंघको उजुरी र प्रदर्शन सहकारी विभागमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *