हातपात, एक जना पक्राउ बागलुङमा दुर्गा प्रसाईंमाथि

 

हातपात, एक जना पक्राउ बागलुङमा दुर्गा प्रसाईंमाथि

बागलुङमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ।

बिहीबार दिउँसो करिब २ बजे बागलुङ सदरमुकाममा आफ्नो अभियानको कार्यक्रममा सहभागी हुँदा एक पुरूषले प्रसाईंमाथि हातपात गरेका हुन्।

स्टेजमा उक्लिने क्रममा एक पुरूषले प्रसाईंमाथि हातपात गरेका हुन्।

ती पुरूषलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी मदन केसीले जानकारी दिए।

पक्राउ पर्नेमा बागलुङ नगरपालिका-७ का ३७ वर्षीय रामकान्त गौतम छन्। उनले किन हातपात गरेका थिए भन्ने नखुलेको डिएसपी केसीले बताए।

यसअघि प्रसाईंमाथि काठमाडौंमा मोसो समेत दलिएको थियो।

More From Author

ओली गठबन्धनको जात देशद्रोही, गोत्र निकम्मा

फिरौती १५ लाख माग्ने तीनजना पक्राउ

Leave a Reply

Your email address will not be published. Required fields are marked *