उपाध्यक्ष जोशीको निधन गाउँपालिका

 

 

उपाध्यक्ष जोशीको निधन गाउँपालिका

 

बाजुरा : बाजुरा जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकाकी उपाध्यक्ष मैना जोशीको ५० वर्षको उमेरमा बिहीबार बिहान निधन भएको छ ।

विसं २०७९ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित उपाध्यक्ष जोशीले लामो समयदेखि क्यान्सरको उपचार गराइरहेकी थिइन्।

उनी नेपाली कांग्रेस जिल्ला कार्यसमिति बाजुराको सदस्य पनि थिइन्।

लामो समयदेखि क्यान्सरबाट पीडित जोशीको स्वामीकार्तिक खापर गाउँपालिका–४ स्थित आफ्नै निवासमा मृत्यु भएको सो गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले जानकारी दिए।

More From Author

यसै महिनाबाट उत्पादन थाल्ने तीन महिनादेखि बन्द हेटौँडा सिमेन्टले

वीरगञ्जमा मदिरा र माछामासु बिक्री गर्न नपाइने राम मन्दिरको प्राण प्रतिष्ठा गर्ने दिन

Leave a Reply

Your email address will not be published. Required fields are marked *